प्रचण्ड गिरगिट जस्तो रंग परिवर्तन गरि एमालेलाई हैन कि आफैलाई धोखा दिरहेको छ ः महासेठ

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित भव्य होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटिको आयोजनामा आइतवार मिथिलाको महान पर्व होलीको अवसरमा नगर कमिटि अध्यक्ष महेन्द्र यादवको अध्यक्षता र नेकपा एमालेका सचिव रघुविर महासेठको प्रमुख आतिथीयमा भव्य कार्यक्रम गरि शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित प्रमुख अतिथी नेकपा एमालेका सचिव रघुविर महासेठले प्रचण्ड ‘गिरगिट’ जस्तो रंग परिवर्तन गरी नेकपा एमालेलाई धोखा दिएको तर उनले एमाले भन्दा पनि आफैलाई धोका दिइरहेको बताएका छन् ।

होली शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व उपप्रधान एवं परराष्ट्रमन्त्री समेत रहेका महासेठले अगामि चैत ३ गते पछि देशको राजनितिले नयाँ मोड लिने र प्रचण्डलाई पछुताउनुको बिकल्प नहुने बताएका छन् ।


कार्यक्रममा एमाले नेतृ तथा प्रतिनिधीसभा सदस्य जुली महतोले देशी विदेशी चलखेल र घेराबन्दीमा एमालेलाई पारेर देशलाई पछाडि धकेल्ने प्रयास भइरहेको भन्दै सचेत रहन धनुषाबासीलाई आग्रह गरिन ।
सो अवसरमा नेकपा एमालेका नेता कार्यक्रताहरुले एक आपसमा अविर लगाएर होली समेत मनाएका छन् । कार्यक्रममा प्रदेश सांसद हरिनारायण महतो, क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, एमाले जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारी, सहितका नेता कार्यक्रताहरुको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय