सिस्टेमेटिक स्कुलको चौथोऔं वार्षिक उत्सव र अभिभावक भेला भव्यताका साथ सम्पन्न

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित रहेको सिस्टेमेटिक स्कुलले बुद्धवार चौथोऔं वार्षिक उत्सव र अभिभावक भेला भवितव्यताको साथ सम्पन्न गरेको छ ।

स्कुलका संस्थापक अमिरुल राईनको अध्यक्षतामा संचालित कार्यक्रममा विगत एक साथा देखि संचालित खेलकुदलाई मुख्य प्राथमिकतामा राखिएको देखिएको थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मधेश प्रदेश संयोजक मनोज कुमार सिंह दनुवार, मधेश प्रदेश खोखो संघका अध्यक्ष धिरेन्द्र यादव, धनुषा जिल्ला फुटबल संघका अध्यक्ष राम केवल मुखिया, धनुषा जिल्ला कवडि संघका सचिव मनोज कुमार मण्डल, धनुषा जिल्ला कवडी संघका अध्यक्ष सरोज कुमार सिंह, खोखो प्रशिक्षक राजेन्द्र सिंह (साण्डे), राष्ट्रिय कवडी खेलाडी कल्याण भुजेल, लक्ष्मी बैंक महेन्द्रनगर शाखा प्रमुख राजु न्यूपाने लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरु सिस्टेमेटिक स्कुल परिवार विद्यालयको वार्षिक उत्सवमा करिब सम्पुर्ण खेललाई उजागर गर्ने उदेश्यले विद्यार्थीहरु विच प्रतिस्पर्धा गराएकोमा धन्यवाद दिएका थिए । साथै आउने दिनमा वर्षमा मात्र नभइ तिन तिन महिनामा विद्यार्थीहरुविच खेलकुद गराई खेलकुद प्रति विद्यार्थीहरुमा रुची बढाउन आग्रह गरेका थिए । विद्यालयको वार्षिक उत्सवलाई मध्यनजर गर्दै करिब एक साता पहिला देखि नै दौड प्रतियोगिता, सटफुट, भलिबल, कवडी, लङ्ग जम्प लगायत १८ ओटा खेल खेलाएको भ्वाइस प्रिन्सीपल रंजन मण्डलले जनकारी दिएका छन ।

साथै कार्यक्रमबाट Annual prize for teacher, Best teacher, well dress, most attendance, discipline techer, त्यस्तै Annual prize for students, best student, well dress, लगायतलाई पनि सम्मान स्वरुप मयाको चिनो प्रदार्न गरिएको थियो ।


कार्यक्रमको समापन गर्दै स्कुलकी प्रिन्सीपल सुप्रभा यादव विद्यालयको चौथोऔं वार्षिक उत्सवमा आतिथीय स्वकार गरी कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरुलाई धन्यवाद दिंदै आउने दिनमा वक्ताहरुको सुझाव सलाहलाई आत्मसाथ गर्दै अगाडी वढने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा विभिन्न किसिमको नितृय पनि प्रस्तुत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय