क्षिरेश्वरनाथ धर्मसंस्थाको नयाँ कार्यसमिति गठन

वैशाख ५ महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महादेव स्थान स्थित रहेको क्षिरेश्वरनाथ धर्म संस्थाको नयाँ कार्यसमिति गठन भएको छ ।
क्षिरेश्वरनाथ महादेव मन्दिरमा मंगलवार आयोजित एक भेलाबाट संस्थाको अध्यक्षमा बेचन यादवलाई चयन गरिएको छ । करिब एक महिना पहिला पुरानो कार्यसमितिले साधारणसभा गरि नयाँ कार्यसमितिका लागी पुरानो कार्यसमिति भंग गर्दै नयाँ कार्यसमितका लागी बाटो खुल्ला गरिएको थियो । सधारणसभाकै दिन बन्द सत्रबाट सर्वसहमतले नयाँ कार्यसमितिका लागी विभिन्न प्रयास भएपनि करिब एक महिनादेखि कार्यसमिति विहिन रहेको धर्म संस्थाका लागी मंगलवार एक कार्यक्रम विच नयाँ कार्यसमिति चयन गरिएको नयाँ कार्यसमितिका अध्यक्ष यादवले जनकारी दिए । भेलाबाट धर्म संस्थाको उपाध्यक्षमा विवेकानन्द कुमार सिंह, कोषाअध्यक्षमा नरेन्द्र कुमार यादव, सचिव सम्भु शम्भु दाहाल, सहसचिव सत्यनरायण यादवलाई चयन गरिएको छ भने सदस्यहरुमा राम प्रकाश यादव, धनमाया थापा, भरोसी यादव, भुलुर देवी साह, जसोधा कापर र सिताराम मुखियालाई चयन गरिएको छ । साथै धर्म संस्थाको अध्यक्ष बेचन यादव र कोषाध्यक्ष नरेन्द्र कुमार यादवको संयूक्त हस्ताक्षरबाट बैंकमा खाता खोल्ने निर्णय समेत गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय