नेपालमै पहिलो चोटी मधेश प्रदेशमा कबड्डी संघको कार्यालय उदघाटन गरी विधिवत सुचारु

महेन्द्रनगर,
नेपालमै पहिलो चोटी मधेश प्रदेशमा कबड्डी संघको कार्यालय उदघाटन गरी विधिवत सुचारु भएको छ । मधेश प्रदेशको राजधानी भन्दा करिब १५ कि.मि. दुरीमा रहेको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एक कार्यक्रम विच कबड्डी संघको कार्यालय उदघाटन गरि विधिवत सुचारु गरिएको संघका पदाधिकारीले जनकारी दिएका छन ।

मधेश प्रदेश कबड्डी संघका उपाध्यक्ष सरोज कुमार सिंहको अध्यक्षता र अखिल नेपाल कबड्डी संघका केन्द्रिय कोषाध्यक्ष अरबिन्द कुमार झाको प्रमुख आतिथीयमा आयोजित कार्यक्रम विच संघको कार्यालय उदघाटन भएको छ । कार्यक्रममा उपस्थित प्रमुख अतिथी झा संघको कार्यालय महेन्द्रनगरमा उदघाटन गर्नुको कारण विगतका दिनमा धनुषा महेन्द्रनगर खेलाडी उत्पादन गर्ने स्थलको रुपमा चिनिएको र मधेश प्रदेशको राजधानी पनि नजिक भएको ले यो ठाउँ हामीहरुको रोजाइमा परेको बताउनु भयो ।

साथै वर्तमानमा खेलाडीहरुलाई खेलप्रतिको रुची घटिरहेको कारण नयाँ सोचका साथ अगाडी वढेको बताउँदै आउनेदिनमा खेललाई नायाँ उचाईमा पु¥याउने प्रतिवद्धता जनाउनु भएको थियो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद नारा दिँदै मधेश प्रदेश कबड्डी संघका उदघाटन कार्यक्रममा धनुषा जिल्ला फुटबल संघका अध्यक्ष राम केवल मुखिया, जिल्ला कबड्डी संघका अध्यक्ष विनोद प्रसाद गुप्ता, सिस्टमेटिक स्कुलका फाउण्डर मो.अमिरुल राईन, धनुषा जिल्ला कबड्डी संघका उपाध्यक्ष संजय श्रेष्ठ, सचिव मनोज मण्डल, कोषाध्यक्ष नवल राउत, सदस्य रामवरण यादव, राष्ट्रय खेलाडी कल्यान भुजेल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरु नेपाल मै पहिलो चोटी मधेश प्रदेशमा विधिवत कबड्डी संघको कार्यालय उदघाटन गरेकोमा आयोजकलाई धन्यवाद दिँदै बँधाई दिएको थियो । धनुषा जिल्ला कबड्डी संघका सदस्य रामवरण यादव द्धारा संचालन गरिएको कार्यक्रममा उपस्थित अतिथीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर