कपडा दोकानमा आगलागी हुँदा २ करोड भन्दा बढीको क्षती

महेन्द्रनगर,
धनुषाको मिथिला विहारी तरापटीमा एक कपडा दोकानमा आगलागी हुँदा २ करोड भन्दा बढीको क्षती भएको छ ।

मिथिला विहारी ७ तरापटी बजार स्थित मिथिला विहारी ६ सिरसिया बस्ने अकवर नदाफ संचालन गर्दै आएको न्यू आरजु बस्त्रालय र आरजु बस्त्रालयमा बुद्धवार राती करिब २–३ बजे आगलागी हुँदा कपडा दोकान पुर्णरुपले जलेको छ ।

तरापटी बजारको विचमा राम बावु साहको दोस्रो तल्लामा संचालन रहेको कपडा दोकानमा आगलागी भएको स्थानियहरुले राती करिब ३ बजे जनकारी पाउन साथ स्थानिय, प्रहरी र धनुषाधाम नगरपालिका लगायतको वारुण यन्त्रको सहयोगमा विहान करिब ५ बजे आगो नियन्त्रणमा आएको जनकारी दिए । आगलागी विजुली सट भएर लागेको हुनस्कने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय