महेन्द्रनगर,
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन धनुषा द्धारा कालोपट्टी बाँधी शान्तिपुर्ण विरोध प्रदर्शन गरेको छ । धनुषा जिल्ला हुलाक कार्यालय र यस अन्तर्गत रहेका १३ ओटा ईलाका हुलाक कार्यालयले एक साथ विरोध प्रदर्शन गरेका छन । अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निर्णयको विरोधमा देशभरीका कर्मचारीहरुले जेठ १५ देखि सेवा ठप्प बनाएका छन् ।
‘अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण सेवा प्रभावित बनेको छ । अवरुद्ध सेवालाई सुचारु गर्न इलाका तथा जिल्ला हुलाक कार्यालयका कर्मचारीहरु मार्फत पहल भए पनि सम्भव भएको छैन । देशभर १० हजार भन्दा धेरै कर्मचारी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत छन् । अतिरिक्त हुलाक कार्यालय अन्तर्गत तीन प्रकारका कर्मचारी हुन्छन् । बजेट प्रस्तुत भएको भोलिपल्टदेखि नै कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । अतिरिक्त हुलाक कार्यालयमा कर्मचारीहरुले हुलाक प्रतिनिधि र पत्र वितरकले मासिक ८ हजार ३ सय १० रुपैया र डाक बाहकले ७ हजार २ सय ७५ रुपैया पारिश्रमीक पाउँदै आएका थिए । सोही रकम बढाउन वर्षाैदेखि आन्दोलन गरिरहेका कर्मचारीहरुको माग सुन्नुको सट्टा सरकारले कार्यालय नै खारेज गरेर अपमान गरेको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।