टयाङ्कर इकाई कमिटि महेन्द्रनगरको कमिटि पुनर गठन

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित टयाङ्कर इकाई कमिटि महेन्द्रनगर (धनुषा)को कमिटि पुनर गठन भएको छ । जोगी यादवको अध्यक्षता र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्दीय कमिटि अध्यक्ष भीम ज्वाला राईको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच नयाँ कमिटि गठन गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेङ्कर ईकाई कमिटिको अध्यक्षमा गोगी यादव, उपाध्यक्ष संजिव यादव, सचिव नरेस यादव, सह्सचिव डिल्ली राय गिरी, कोषाध्यक्ष सुसिल सिंहलाई चयन गरिएको छ भने सदस्यहरुमा राम पुकार राई, राम स्वार्थ यादव, सुरेन्द्र यादव, ईन्दल साह, कैलास भुजेल, राम जी यादव, परसुराम यादव र उधम सिंहलाई सर्वसहमतिले चयन गरिएको छ । त्यस्तै सल्लाहकारहरुमा सुरेस यादव, प्रमोद कुमार लुईटेल, विनोद कुमार सिंह, राज कुमार दास, विन्देस्वर यादव, राम बावु साह र गोपाल विक लगायतलाई चयन गरिएको छ । कार्यक्रममा विशिष्ठ अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, अतिथीहरुमा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष जिवछ मण्डल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेश कमिटि अध्यक्ष अनिरुद्ध झा, नेपाल या.स्व.मजदुर संगठन मधेश प्रदेश कमिटि सचिव मनोज झा, ने.या.स्वम.सं.प्रदेश कमिटि कोषाध्यक्ष अर्जुन झा लगायत कमिटिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथीहरुलाई फुलमाला र गम्छाले स्वागत गरिएको थियो भने नव गठित कमिटिका सदस्यहरुलाई उपस्थित प्रमुख अतिथीको हाथबाट प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय