क्षिरेश्वरनाथ नगरपालिकामा कित्ताकाट खुलियो

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको कित्ता काट खुलाएको छ । क्षिरेश्वरनाथ नगरपालिकाले मंगलवार नगर प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको विच एरिकम बिल्डर्स प्रा.लि.काठमाण्डौंका प्रबन्ध निर्देक इ.मन्दिप कुमार ठाकुर जनकपुर पछि धनुषामा पहिलो नगरपालिका क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रभित्रको भू–उपयोग क्षेत्र वर्गीकरण गर्दै कित्ताकाट खोलिएको जनकारी दिए । भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी क्षिरेश्वरनाथ नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरेको छ । क्षिरेश्वरनाथ नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्रतर्फ ३२८३.९८७ हेक्टर, आवासीय क्षेत्रतर्फ ११८२.१४६ हेक्टर, व्यावसायिक क्षेत्रतर्फ २.३८५ हेक्टर, औधोगिक क्षेत्रतर्फ ५०.५१९ हेक्टर, सार्वजनिक क्षेत्रतर्फ १५३.२१९ हेक्टर, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रतर्फ ३.०२७१ हेकटर र नदि खोला ताल सिमसार क्षेत्रतर्फ ४०८१.००१ हेक्टर जग्गा वर्गीकरण गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिकाले वर्गीकरण गरेको सबै जग्गाहरुको कित्ताकाट खुल्ला भएको क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले जनकारी दिनुभयो । जग्गा वर्गीकरण सार्वजनिकीकरण कार्यक्रममा उप–प्रमुख रचना माथेमा, प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मण्डल, क्षिरेश्वरनाथ नगरपालिका १ देखि १० वडा सम्माका वडाअध्यक्ष, एरिकम बिल्डर्स प्रा.लि.काठमाण्डौंका प्रबन्ध निर्देक इ.मन्दिप कुमार ठाकुरसहितको उपस्थिति रहेको थियो । जग्गा कित्ताकाट रोकिएको कारण वर्षौदेखि सास्ती भोग्नुको साथै विभिन्न कामहरु गर्न÷गराउन नपाएका क्षिरेश्वरनाथ नगरवासीहरुले जग्गा सम्बन्धी कामहरु गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर