दर्शनीया रामेश्वर सिंह कुशवाहा एकेडमी द्धारा विद्यार्थीलाई सम्मान

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी द्धारा एस ई ई मा उत्कृष्ट अंक ल्याउने लगायत सम्पुर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

स्कुलको प्राङ्गनमा आइतवार प्रिन्सीपल जगदिस प्रसाद सिंहको अध्यक्षता र मधेश प्रदेश शिक्षा विकास निदेर्शनालयका निर्देशक चुरामनी फूँयालको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच एस ई ई परिक्षामा उत्कृष्ट अंकले उर्तिण सम्पुर्ण विद्यार्थीलाई उज्वल भविष्यको शुभकामना दिँदै सम्मान गरिएको छ ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी फुँयाल विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिँदै विद्यार्थीहरुको हौसला बुलन्द गर्न र विद्यार्थीहरुलाई अध्ययन गराउने शिक्षक, शिक्षिकाहरुको अध्यापन प्रतिको रुची बढाउन राखिएको सम्मान कार्यक्रम प्रति दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी परिवारलाई धन्यवाद दिएका थिए ।

त्यस्तै कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिका शिक्षा शाखा प्रमुख दिपक खतरी सम्मानित सम्पुर्ण विद्यार्थीलाई उज्वाल भविष्यको शुभकामना दिँदै क्षिरेश्वरनाथ नगरपालिका भित्र रहेको दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी शिक्षा मैत्री वातावरण भएको विद्यालय हो एकआध केही कमीकमजोरी छ त्यसलाई सुधार गरी अगाडी बढन सुझाव दिएका थिए ।


कार्यक्रममा विद्यार्थीको सम्मानका साथ साथै दर्शनिया स्कुल परिवार र सहयोगी शिक्षकहरुलाई अन्तराष्टिय संस्था द्धारा पठाइएको सम्मानपत्र पनि उपस्थित प्रमुख अतिथी अतिथीहरुको हाथबाट प्रदान गरिएको थियो । त्यस्तै स्कुलमा लामो समय सम्म अध्ययापन गराउने शिक्षक, शिक्षिकाहरुलाई स्कुल परिवार द्धारा सम्मान गरिएको छ ।

साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथी, अतिथी, अभिभावक र विभिन्न माध्यमले स्कुललाई साथ सहयोग गर्ने उपस्थितहरुलाई खादा, प्रमाणपत्र, डायरी सहित सम्मान गरिएको छ । कार्यक्रममा विशिष्ठ अतिथी शसस्त्र प्रहरी बेस क्यामप नकटाझिजका प्रहरी निरिक्षक सुर्दशन खतिवाडा, समाज सेवी मित्र लाल गिरी लगायतको अतिथीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर