प्रहरी दिवसको अवसरमा इप्रका महेन्द्रनगरका इन्चार्ज Best Investigator Awardबाट सम्मानित

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक Best Investigator Awardबाट सम्मानित भएका छन । मधेश प्रशेद प्रहरी कार्यालय द्धारा जनकपुरधाममा आयोजित ६८ औं प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज दिपक कार्की उक्त पुरस्कारबाट सम्मानित भएका हुन । कार्यक्रममा मधेश प्रदेशका मुख्यमंत्री सरोजकुमार यादवले नागरिकको भरोसा टुट्न नदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । ‘नागरिकको पहिलो भरोसा प्रहरी हो यो भरोसा शंकाको घेरामा आउनु हुंदैन’, उनले प्रहरीहरुलाई आग्रह गर्दैै भने । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमंत्री यादवले प्रहरीको काम एकदम गाह्रो भएको बताए । नागरिकको सुरक्षा तथा अमन चैनका लागि घामपानी केही नभनी खटिराखेका प्रहरीको निस्वार्थ सेवालाई उनले सलाम गरे । न्याय र निष्पक्षता नै प्रहरीको मूल मंत्र हुनुपर्ने बताउंदै उनले गीतामा भगवान श्रीकृष्णको भनाई उल्लेखगर्दै भने ‘असल मानिसको रक्षा र दुष्टलाई दंड नै प्रहरीको आदर्श हुनुपर्छ ।’‘तपाईको डंडा र ओहदाले कुनै पनि निर्दोष मानिसको आत्मा कल्पिने काम नहोस्’ मुख्यमन्त्री यादवले आग्रह गर्दै भने । सोही अवसरमा प्रदेशका गृह, संचार तथा कानुन मंत्री मोहमद समीमले राम्रो काम गर्दा आक्षेप लागेपनि कानुनसम्मत काममा खुट्टा नकमाउन प्रहरीलाई निर्देशन दिए । यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासको स्मरण गरे । उनले विविध आरोह अवरोहका बीच कर्तव्य पथमा शहीद भएका अमर प्रहरीहरुप्रति श्रद्धांजलि एवं परिवार जनमा समवेदना व्यक्त गरे । शहीद परिवार जनलाई सम्मान गरिएको सो अवसरमा प्रहरीका सन्तानहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर