सुस्तायो खसीबोकाको व्यापार, लगानीनै डुबेको व्यपारीहरुको गुनासो

महेन्द्रनगर,
नेपालको सबभन्दा ठूलो चाड दशैं सुरुभएसँगै धनुषा महेन्द्रनगर स्थित रहेको सखुवा बजारमा खसीबोका किन्नेहरुको निकै चहलपहल हुन्छ । दशैंको समयमा भ्याई नभ्याई हुने व्यापारिहरु यो वर्ष विगतका वर्षहरुमा भन्दा फुर्सदीला देखिन्थे । गत वर्षको तुलनामा यस वर्ष खसी बोकाको व्यापार सुस्ताएका व्यापारीको गुनासो छ । दशैं भन्ने बितिक्कै मानिसहरुमा नयाँ कपडा र मासुको परिकार झल्किन्छ । यस क्षेत्रकै ठुलो बजारको रुपमा चिनाइने सखुवा बजारमा एक महिना पहिला देखि नै खसी बोकाको बजार भरी भराउ सँगै खरिद विक्री वढन थालछ ।

दशैं सुरु भएसँगै सखुवा बजारमा विभिन्न जिल्लाबाट खसि बोका बिक्रि गर्न आउनेहरुको भिड पनि उत्तिकै हुने गर्छ । दशैंको पहिलो दिन घटस्थापनादेखि नवमीको दिनसम्म पनि खसि बोका बजाारमा व्यापक भिडभाड हुने गर्दथ्यो भने दशैंमा खसी बोका अभाव समेत हुन्थ्यो ।

तर यो वर्ष भने विगतका वर्षहरुमा जस्तो खसी बोकाको विक्री नभएको गुनासो व्यवसायीहरुको छ । यो वर्ष धनुषाको सखुवा बजारमा गत वर्षको भन्दा धेरै धेरै खसि बोका विक्री वितरणको लागी आएपनि मुल्य भने गत वर्षको तुलनामा कम रहेको व्यपारीहरु बताउँछन ।

साथै बजारमा खसि बोका किन्नेहरु भने खासै छैनन् । व्यापारीहरुका अनुसार गत वर्षको दशैंमा बिक्री वितरण धेरै भएकोले पहिलेकै अनुपातमा बिक्रि हुने अनुमानले यस वर्ष पनि धेरै खसि बोका माग गरिएको थियो । तर पहिलेको तुलनामा यो वर्ष बिक्री नभएको र व्यापारीहरु पनि आफुले घाटा व्योहेरेर भएपनि विक्री गर्न बाध्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर