पालिका र विपन्न समुदाय विच छलफल कार्यक्रम सम्पन्न

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित पालिका द्धारा छनोट भएको योजनाहरुको कार्यान्वयमा चुनौती सम्बन्धि पालिका र विपन्न समुदाय विचको छलफल कार्यक्रम सम्पन्न भएको छ । मानव कल्यान समाज नेपालको आयोजना, क्षिरेश्वरनाथ नगरपालिकाको समन्वय र हेल्वेटास नेपालको सहयोगमा संचालित कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ करमाहीटोलका दलित मुसहर समुदायका व्यक्ति र क्षिरेश्वरनाथ नगरपालिका नगर प्रमुख सुखदेव यादव लगायतका सरोकारबालाहरुको उपस्थिती रहेको थियो । क्षिरेश्वरनाथ नगरपालिकाको सभाहलमा आयोजित छलफल कार्यक्रममा समुदायकालागी राखिएको योजनाहरुको काम कहाँ सम्म पुगेको र के कस्ता समस्यहरु रहेको विषयमा छलफल भएको थियो । उपस्थित मुसहर समुदायका व्यक्तिहरुले मानव कल्यान समाज नेपालको आयोजना र हेल्वेटास नेपालको सहयोगमा संचालित वगर खेतीहरुमा आएको समस्याहरु, बाटो, विजुली, घर, समुदायका वालवालिकाको शिक्षा, खेलकुदका सामग्री, जन्मदर्ता, नागरिकता विषयक समस्यहरुको वारेमा नगर प्रमुख र कार्यक्रम संचालकहरुको विचमा राखेका थिए । कार्यक्रममा राखिएको समस्याहरुको विषयमा नगर प्रमुख यादवले नगरबाट राखिएको योजनाहरुको विषयमा प्रष्ट पार्दै आफूले गरेको वाचा छिटो कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जय किशोर सिंह, कार्यक्रम संयोजक प्रमोद यादव, समाजिक परिचालक गिता चौधरी, पि.सी.अनुराधा अधिकारी, प्रशिक्षक आसाराम यादव, टे«नर समिर कुमार यादव लगायतको व्यक्तिहरुको उपस्थिती रहेको थियो भने स्थानिय करमाहीटालका गोविन सदा, रामुसदा, कल्यान सदा, चन्दर सदा, सत्रुधन सादा, आरती देवी सदा, सुभनरायण सदा, जितेन्द्र सदा लगायतको व्यक्तिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय