सामुदायिक कृषि सहकारी संस्था लि.नक्टाझिजको १२ औं साधारणसभा सम्पन्न

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित कार्यालय रहेको श्री सामुदायिक कृषि सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ ।

सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष रितलाल महतोको अध्यक्षता र मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच संस्थाको वार्षिक आयव्य प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको उदघाटन सत्रमा उपस्थित मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो सहकारी धेरै भएपनि कृषिमा अधारित सहकारी संस्था कमै रहेकोले सामुदायिक कृषि सहकारी संस्था लि.नक्टाझिजका सम्पुर्ण कार्यसमिति र सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

मिथिला नगरपालिका वडा नम्बर २ कार्यालय नजिक रहेको व्यटमिन्टन हलमा आयोजित कार्यक्रममा संस्थाको कार्यसमितबाट प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा जम्मा आम्दानी ६४ लाख ३ हजार ३ सय ३४ रुपैयाँ आम्दानी गरेको छ भने २४ लाख ६८ हजार ८ सय ५९ रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै संस्थाको ऋण असुली दर ९८.२० प्रतिशत रहेको छ भने गत वर्ष २०७८÷०८९ मा १०० प्रतिशत रहेको थियो । संस्थाले चालु आर्थिक वर्ष २०८०÷०८१ को असोजसम्ममा ४ करोड २ लाख १७ हजार ३ सय ५२ रुपैयाँ ऋण लगानी गरेको छ भने गत आर्थिक वर्ष २०७९÷०८० मा ३ करोड ७९ लाख ३२ हजार ३ सय ८७ ऋण लगानी गरेको थियो । संस्थामा हाल ३ सय ४४ महिला र ५ सय ६९ पुरुष गरी जममा ९ सय १३ जना सदस्य रहेको छ । हाल संस्थाको शेयर रकम ५९ लाख ५० हजार ४ सय रुपैयाँ रहेको छ ।

साधारणसभामा संस्थाको संचालक समितिका पदाधिकारी, शेयरधनी, बचतकर्ता लगायत सयौं स्थानीयहरुको उपस्थितिमा उदघाटन सत्र सम्पन्न भएको थियो । यसैबीच समुदायिक कृषि सहकारी संस्था लि.नक्टाझिजको १२ औं वार्षिक साधारणसभामा नियमित बचत बुझाउने, ब्याज बुझाउने सदस्यहरुलाई कोदालो, पानी गिजर लगायतको सामग्रीबाट प्रमुख अतिथीको हाथबाट सम्मान गरिएको थियो । साधारणसभाको उदघाटन सत्रमा उपस्थितिलाई संचालक समितिका अध्यक्षले दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

त्यस्तै उदघाटन सत्र सम्पन्न साथ सुरु भएको बन्द सत्रबाट नायाँ कार्यसमिति गठन गरिएको छ । संस्थाको नयाँ कार्यसमितिको अध्यक्षमा पुन्ह रितलाल महतो, उपाध्यक्ष किरण कुमारी महतो, सदस्यहरुमा संतलाल महतो, शशि कुमार महतो, घुरण महतो कोइरी, अरुण कुमार महतो, सरिता कुमारी महतो, श्रृजना कुमारी सिंह, संतोष कुमार महतोलाई सर्वस्मतिले चयन गरिएको छ भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजेन्द्र महतो कोइरी सदस्य संप्रित राज श्रेष्ठ र अमृता देवीलाई चयन गरिएको संस्थाका नवगठित कार्यसमितिका अध्यक्ष रितलाल महतोले जनकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय