मधेश प्रदेशमा पहिलो चोटी कबड्डीको निर्णायक तालिम

महेन्द्रनगर,
मधेश प्रदेशमा पहिलो चोटी दुईदिने कबड्डीको निर्णायक तालिम हुन गइरहेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर वि.एन.वि.पार्टी प्यालेसमा यही कार्तिक २४ र २५ गते र्दुइदिन तालिम हुने मधेश प्रदेश कवड्डी संघका कार्यवाहक अध्यक्ष सरोज सिंहले जनकारी दिनुभयो । कार्यवाहक अध्यक्षका अनुसार ७ ओटै प्रदेश मध्य मधेश प्रदेशमा पहिलो चोटी कबड्डी खेलको निर्णायक तालिम हुन गइरहेको छ । मधेश प्रदेशको मुख्य द्धारको रुपमा रहेको धनुषा महेन्द्रनगर स्थित वि.एन.वि.पार्टी प्यालेसमा दुई दिन सम्म हुने निर्णायक तालिममा मुख्य प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिसदकी पार्वती राई रहने छ भने कार्यक्रममा अखिल नेपाल कवड्डी संघका महासचिव अरविन्द कुमार झा, सचिव तरक राज भट्ट लगायतका व्यक्तिहरुको उपस्थिती रहने जनकारी दिनुभयो । दुई दिन सम्म चलने निर्णायक तालिममा मधेश प्रदेशको आठ ओटै जिल्लाबाट ३५ जना भन्दा बढिको सहभागी रहने मधेश प्रदेश कवड्डी संघका कार्यालय सचिव कल्याण भुजेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय