महेन्द्रनगर,
धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरस्थित राधाकृष्ण सामुदायिक अस्पतालका संचालक डा. रामएकवाल सिंहको निधन भएको छ । शनिवार साँझ ५ बजेको समयमा डा. सिंहको जनकपुरधामको म्याक्स हस्पिटलमा उपचारको क्रममा निधन भएको छ । दुवै किड्नीमा समस्या भएपछि करिव ६ महिनादेखि अस्वस्थ भएका डा. सिंहको दुई महिनादेखि किड्नीले काम गर्न छोडेपछि नियमित उपचार र डायलासिसमा रहेको कुरा पारिवारिक स्रोतले बताएको छ । काठमाडौंमा उपचाररत डा. सिंह करिव दुईसातादेखि घरमा बस्दै आएकोबेला डायलासिसका लागि जनकपुरमा भर्ना भएको समयमा निधन भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुर पैतृक घर भएका डा. हाल मिथिला नगरपालिका ६ ढल्केवरमा आफ्नै हस्पिटल संचालन गरि बस्दै आएका थिए । जेनरल मेडिसिनमा एम.डी.गरेका डा. सिंह रुसबाट गाईनोमा एम.डि.गरेका थिए । २०२६ साल माघ ६ गते बुवा स्व.राजदेव सिंह र आमा सोहगिया देवीको जेष्ठ सुपुत्रको रुपमा जन्मेका डा. सिंहको श्रीमति सहित एक छोरा र एक छोरी छन् । उहाँलाई आइतबार विहान ढल्केवर स्थित अन्तिम संस्कार गरिने स्थानीय रामसिठ महतोले जानकारी दिएका छन् ।
राधाकृष्ण सामुदायिक अस्पतालका संचालकको निधन
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech