महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैया स्थित हिन्दुहरुको महान पर्व को रुपमा रहेको दिपावली र छठ पर्वको अवसरमा टि–२० क्रिकेट टुनामेन्ट प्रतियोगिताको उदघाटन गरिएको छ ।
श्री लाली गुरांस चार पाते क्लव रमदैया भवाडीको आयोजनामा आयोजित कार्यक्रम क्लवका कोषाध्यक्ष एवं क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष देवु यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिका नेपाली कांगे्रस नगर अध्यक्ष लाल बावु यादवको प्रमुख आतिथीयमा विधिवत खेलको उदघाटन भएको छ । रमदैया भवाडी स्थित रहेको राम जानकी खेल मैदानमा टि–२० क्रिकेट खेलको उदघाटन गर्दै नगर अध्यक्ष यादव स्थानिय खेलाडीलाई प्रतस्वान दिनका लागी स्थानिय सरकारको दायित्वलाई ख्याल गरी क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ को विशेष लगानीमा जिल्ला स्तरिय प्रतियोगिताको सुरुवात भएको छ र भोलीका दिनमा यसको निरन्तरता क्याम राखने प्रतिवद्धता जनाउनु भएको थियो ।
त्यस्तै कार्यक्रमको अध्यक्षता गरिरहनु भएका क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष देवु यादव अहिलेको यूवाहरु विभिन्न किसिमको लागुऔषधको लतमा लागेर आफनो जिवन ब्रवादको दिसमा लागेकोलाई कुलतबाट बचाउन खेल प्रतिको रुची बढाउन श्री लाली गुरांस चार पाते क्लवको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको बताए ।
उदघाटन कार्यक्रममा विशेष अतिथीका रुपमा उपस्थित क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष मकेश्वर यादव स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद नारा दिइ सुरु भएको प्रतियोगितमा सहभागी सम्पुर्ण टिमलाई बाँधाई दिँदै अगामीदिनमा पनि यस्ता प्रकारको प्रतियोगिताको लागी हाम्रो वडाको सधैँ साथ सहयोग रहने बताउनु भयो ।
दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित प्रतियोगितामा करिब २० ओटा टिम सहभागी रहेको छ भने प्रतियोगिता करिब १२ दिन सम्म चलने आयोजकले जनकारी दिएका छन । सोमवार भएको उदघाटन खेल आयोजक टिम रमदैया र क्षिरेश्वरनाथ नगरपालिका १० परोसटोकी बीच भएको खेलमा परोसटोकी टिम टस जितेर पहिलो बलिङ्ग रोजेको थियो । टस हारेर पहिलो ब्याटिङ्ग गरेको आयोजक टिम निधार्रित २० ओभरमा ओपनर महेश यादवको ५० रनको सानदार व्याटिङ्ग ले १ सय ६८ रन बनाएको थियो भने अखिलेश यादवले २२ र सर्वन यादवले १९ रन बनाएको थियो । र्निधारित २० ओभरमा १ सय ६९ रनको टार्गेट पाएको परोसटोकी टिम १९ ओभर ४ बलमा मात्र १ सय २८ रन बनाउन सफल भएका थिए । खेलको म्यान अफ दि म्याच आयोजक टिमका ओपनर महेश यादवलाई दिइएको थियो ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष जय किशोर सिंह, क्षिरेश्वरनाथ नगरपालिका नेपाली कांग्रेस वडानम्बर १ का वडा सभापती जनकी शरण यादव, वडा नम्बर २ का सभापती अखतर अनसारी, जिससका सचिव प्रमोद मण्डल, राजाराम हाडर्वेरका संचालक ताकेश्वर मण्डल, वडासदस्य, स्थानिय बुद्धिजिवी, खेलप्रेमीहरुको सहभागीता रहेको थियो ।