वडाअध्यक्षको सकिृयतामा करिब २५ वर्षपछि पुन्ह पोखरीमा छठ पुजा

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका दिगम्वरपुर स्थित करिब २५ वर्षपछि पुन्ह पोखरीमा छठपुजा हुनलागेको छ । दिगम्वरपुरको विच गाउँमा रहेको पोखरी विस्तारै दुर्गन्धीत हुनथालेपछि गाउँबासी आफनो घर नजिक पर्ने इनारमा खाल्डो खनी छठ पुजा गर्दै आइरहेको थियो तर यस वर्ष क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतोको सकिृयता र स्थानिय यूवाहरुको विशेष सहयोगमा पोखरी सरसफाई गरी पुन्ह पोखरीमा छठ पुजा गर्नथालिएको छ । वडाअध्यक्ष मोद कुमारका अनुसार हिन्दुहरुको महान पर्व छठ पुजा अरु ठाउँ जस्तै हाम्रो विच गाउँमा रहेको पोखरीमा गर्दा गाउँको सोन्दरियता बढने सोचका साथ स्थानिय यूवाहरुको सहयोगमा दुर्गन्धीत बन्दै गएको पोखरी सरसफाई गरी छठ पुजा हुनलागेको बताउनु भयो ।
साथै आफनो दुःखेसो पोख्दै अध्यक्ष मोदी सुरुमा स्थानिय यूवा र केही कामदारहरुको सहयोगमा पोखरी सरसफाई गर्न लाग्दा स्थानिय बासिन्दा पोखरीको डिलमा उभेर हाँस्दै बसेका थिए तर अहिले तेही स्थानियहरु गाउँमा राम्रो कामको सुरुवात भएको यसपाली पोखरीमै छठ पुजा हुने बताउन थालिएको छ । तर आफनो काम यतिकै नभई यो हाम्रो वडाको सुरुवात मात्र हो आउने दिनमा पोखरीलाई अझ सोन्दरीयकरण गरी भव्य तरिकाले छठ पुजा गर्ने योजना रहेको बताउनुभयो ।
वर्षौ देखि जिर्न अवस्थामा रहेको पोखरीलाई सरसफाई गरी हिन्दुहरुको महान पर्व छठ सम्पुर्ण गाउँवासी एकठाउँमा बसेर गर्न पाउँदा स्थानियहरु खुसी व्यक्त गरेका छन । दिगम्वरपुर विच गाउँमा रहेको पोखरी सरसफाईले पोखरीको मुहार नै बदलिएको छ ।
त्यस्तै हिन्दुहरुको महान पर्व छठलाई मध्यनजर गर्दै स्थानिय यूवाहरु छठ पर्वको दोस्रो दिन “चम्वल की सपुत उर्फ धधकते सोले नाटक” कार्यक्रमको आयोजना गरिएको नाटकका सल्लाहकार गुलजारी लाल सिंहले जनकारी दिनुभयो ।
अहिले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सहित तराई मधेसमा छठ पर्वको गित गुञ्जीरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर