आज छठपर्वको मुख्य दिन, महेन्द्रनगर दुधमती सागरसहित देशैभर हर्सोल्लासपुर्वक छठपर्व मनाइँदै

महेन्द्रनगर,
आज छठपर्वको मुख्यदिन धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर दुधमती सागरसहित देशैभर हर्सोल्लासपूर्वक छठपर्व मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । अस्ताउँदो सूर्यलाई अर्घदिन क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर दुधमती सागरबाट विहान कलश यात्रा निकाली महेन्द्रनगरको विभिन्न भागमा परिक्रमा गरी सम्पन्न भएको छ । कलशयात्रामा नेपाली कांग्रेस धनुषा जिल्ला सभापती योगेन्द्र पजियार, क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ४ का अध्यक्ष जगदिस यादव, वडा नम्बर ५ का अध्यक्ष जिवछ मण्डल, कार्यपालिका सदस्य दिपक साह, धनुषा फुटवल संघका अध्यक्ष केवल मुखिया, मधेश प्रदेश कवड्डी संघका अध्यक्ष सरोज कुमार सिंह, यूवा नेता सितेश कुमार झा लगायतका व्यक्तिहरु सहभागी थियो ।
चार दिनसम्म मनाइँने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन आज साँझ घाटमा पूजासामग्रीसहित अस्ताउँदो सूर्यदेव अर्थात दिनानाथको अर्घ्य दिइन्छ भने भोलिपल्ट चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व विधिवत समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
यतिबेला आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ , पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सृंगारिएको छ । मिथिलाञ्चलको गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीत मिथिलाञ्चलको रौनकता नै बदलिएको छ ।
उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याईदिने मिथिलाञ्चलमा प्रचलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय