धनुषामा चिकित्सकको लापरवाहीले बालकको मृत्यू, परिवारजनको आरोप

महेन्द्रनगर,
जनकपुर स्थित रहेको न्यूरो हस्पिटलमा चिकित्सकको लापरवाहीले एक बालकको मृत्यू भएको परिवारजनले आरोप लगाएका छन । हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका एक बालकको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरवाहीको आरोप लगाएका छन् । हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेको बिहीबार विहान मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही भन्दै शव उठाउन मानेका छैनन् । मृतक बालकका मामा सुनिल परियारका अनुसार बुधबार बिहान बालकले एक्कासी बान्ता गरेका थिए । रुघाखोकी जस्तो देखिएर स्वास्थ्यमा समस्या देखिएपछि बाल रोग विशेषज्ञ डा। शशिभूषण ठाकुरको क्लिनिकमा ल्याएका थिए । डा। ठाकुरले आफू कार्यरत न्यूरो हस्पिटलमा उपचार गर्न रेफर गरेका थिए । बालकलाई बुधबार नै हस्पिटलमा भर्ना गरिएको थियो । निको भयो भनेर हस्पिटलले बिहीबार बिहान १० बजेतिर डिस्चार्ज गरेको थियो । निस्किने बेला अचानक बालकले जोडले श्वास फालेर सिकिस्त भएपछि पुनः उपचार गर्दा तुरुन्तै मृत्यु भएको उपचारका लागि कुरुवा आएका छिमेकी मनिषकुमार कर्णले बताए ।
‘चिकित्सकले पिसाबमा इन्फेक्सन छ भनेका थियो । ठीक भइहाल्छ भनेर डिस्चार्ज गरिदियो । डिस्चार्ज भएर तल गेटमा आइसकेपछि बालक एकैपट लामो सास फालेर बेहोस भए । अनि उपचार थालिएपछि मृत्यु भयो’, मनिषले भने, ‘एक्कासी कसरी यस्तो भयो । उपचारमै कुनै लापरबाही गरिएको हुनुपर्छ । डा. ठाकुरले बालकलाई पिसाबमा इन्फेक्सन भएको र उपचारबाट सामान्य भएपछि परिवारजनकै आग्रहमा डिस्चार्ज गरेपछि अचानक मृत्यु भएको बताए । ‘बालक आज बिहान खेलिरहेका थिए । मोबाइल पनि चलाइरहेका थिए । बच्चाको आमाले भन्नुभयो मेरो बच्चा खेलिरहेको छ, अब डिस्चार्ज गरिदिनुस् । हामी काठमाडौं नै बस्छौं, काठमाडौं नै लिएर जान्छौं । त्यसपछि मैले डिस्चार्ज गरिदिएँको हुँ’, डा. ठाकुरले भने । बालकको अचानक मृत्यु हुनुमा उपचारको लापरबाही नभएको भन्दै उनले पहिलादेखि बालकमा अरु कुनै स्वास्थ्य समस्या रहेको हुन सक्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर