क्षि.न.पा.को आयोजनामा नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता सुरु

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका पकरिया स्थित नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता सुरु भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको आयोजना र समता यूवा क्लव पकडियाको प्राविधिक सहयोगमा संचालित प्रतियोगित यूमता यूवा क्लवका अध्यक्ष अजय सिंह दनुवारको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख अतिथीयमा आयोजित एक कार्यक्रम विच क्रिकेट प्रतियोगिताका उदघाट भएको छ ।

कार्यक्रममा उपस्थित नगर प्रमुख सुखदेव यादव स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद नारा साथ सुरु भएको नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीहरुलाई बँधाई दिदैँ यूवाहरुलाई खेल प्रतिको रुची बढाउन प्रतियोगिताको आयोजना गरिएको र अगामी दिनमा पनि नगरपालिका द्धारा विभिन्न खेलको आयोजना गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा उपस्थित नगर उप–प्रमुख रचना श्रेष्ठ माथेमा अहिले यूवाहरुमा क्रिकेट प्रतिको रुचीलाई मध्यनजर गर्दै क्षिरेश्वरनाथ नगरपालिका आफनो जिम्मेवारी बुझी नगर भित्रका सम्पुर्ण वडाबाट खेलाडी सहभागी हुनेगरी कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । नगरपालिका द्धारा संचालित नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगितामा जम्मा ९ ओटा टिम सहभागिता जनाएको छ भने प्रतियोगिता करिब ४ दिन सम्म चलने आयोजक समितिले जनकारी दिएका छन ।
उदघाटन कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगदिस यादव, वडा नम्बर ६ का अध्यक्ष विनोद गुप्ता, शिक्षा शाखाका काशिम राईन, राजस्व तथा जेन्सी शाखा प्रमुख सरोज कुमार रजक, वि.एन.वि.होटलका संचालक विनय साह, शिक्षा समिति सदस्य सुजित कापरी, विभिन्न वडाका वडा सचिव, समता यूवा क्लवका सदस्य लगायत स्थानिय खेल प्रेमीहरुको उपस्थिती रहेको थियो ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ पकरियाको खेल मैदानमा भएको उदघाटन खेल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ र वडा नम्बर ३ बीच भएको खेलमा वडानम्बर ३ टस जितेर पहिलो व्याटिङ्ग रोजेको थियो । टस जितेर पहिलो ब्याटिङ्ग रोजेका वडा नम्बर ३ समयको अभावले र्निधारित १४ ओभरमा ६ विकेटको क्षतीमा १ सय ५६ रन बनाएको थियो । र्निधारित १४ ओभरमा १ सय ५७ रनको टार्गेट पाएको वडा नम्बर ४ टिम १० ओभर ५ वलमा सम्पुर्ण विकेट गुमाएर मात्र ५७ रन समेटिएको थियो । खेलको म्यान अफ दि म्याच वडा नम्बर ३ का खेलाडी लभ यादवलाई प्रदान गरिएको छ ।
प्रतियोगितामा खेलाडीको हौसला बढाउन वि.एन.वि.होटलका संचालक विनय साह र समता यूवा क्लवका अध्यक्ष अजय सिंह दनुवार खेलमा प्रत्येक छका ल्याउने खेलाडीलाई एक एक ओटा रेडबुलको व्यवस्था गरिएको आयोजकले जनकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर