क्षि.न.पा. रमदैया भवाडीमा संचालित टि–२० क्रिकेटको उपाधीमाथी कनरपट्टीको कवजा

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैया भवाडी स्थित हिन्दुहरुको महान पर्व दिपावली र छठ पर्वको अवसरमा संचालित जिल्ला स्तरीय टि–२० क्रिकेट टुनामेन्ट प्रतियोगितामा कनरपट्टी टिम प्रथम भएको छ ।

श्री लाली गुरांस चार पाते क्लव रमदैया भवाडीको आयोजनामा संचालित खेलको फाइनल खेल विहिवार कनरपट्टी र सोहनी विच भएको थियो । रमदैया भवाडी स्थित रहेको राम जानकी खेल मैदानमा सोहनी टिम टस जितेर फिल्डीङ्ग रोजेको थियो । टस हारेर पहिलो ब्याटिङ्ग गरेको कनरपट्टी टिम १९ ओभर १० विकेटको क्षतीमा १ सय ९९ रन बनाएको थियो । जवाफी व्याटिङ्ग गर्न आएको सोहनी टिम १५ ओभरमा एक विकेट बाँकी छदैँ १ सय २२ रन बनाएको थियो । तर एता फिल्डीङ्ग गर्दै गरेको कनरपट्टी टिमका खेलाडी भुलबस पुरै विकेट गुमायो भन्दै विकेट उखालेको थियो । जितको नजिक पुगेका कनरपट्टी टिम विकेट उखालेपछि खेलको नियम विपरित काम गरेको भन्दै सोहनी टिम एम्पायर र आयोजकको निर्णय आउन बाँकी छँदै खेलाडी सहितको समर्थक खेल मैदानमा प्रवेश गरेको थियो ।
फाइनल खेलमा सहभागी प्रतिक्षप्रधीटिमहरुको केही बेरको विवाद पच्छात आयोजक र एम्पायरको निणर्य अनुसार दुवै टिमबाट भुलबस गल्ती भएको भन्दै सुपर खेल खेलाई प्रतियोगिता सम्पन्न गर्ने भन्दै दुवै टिमलाई खेलमा सहभागी हुन आग्रह गरियो । तर पटक पटक कनरपटट्टी टिम द्धारा फिल्डीङ्ग सजाईएको खेल मैदानमा आउन आग्रह गर्दापनि सोहनी टिम सहभागी नभएपछि आयोजक र स्थानिय खेल प्रेमीहरुको निर्णय अनुसार खेलमा सहभागी कनरपट्टी टिमलाई प्रथम विजेता घोषणा गरिएको थियो भने सोहनी टिमलाई दोस्रो विजेताको रुपमा घोषण गरियो ।
प्रतियोगितामा प्रथम हुने कनरपट्टी टिमलाई नगद २५ हाजार र सिल प्रदान गरियो भने मेन अफ दि म्याच ६८ रन बनाउने कनरपट्टी टिमका रुपेशलाई प्रदान गरिएको छ । त्यस्तै वेष्ट बलिङ्ग टुर्नामेन्ट रमदैया टिमका राम बली यादव, वेष्ट व्याटिङ्ग टुर्नामेन्ट कनरपट्टी टिमका रुपेश, मेन अफ दि सिरिज अफ टुर्नामेन्ट रमदैया टिमका सर्वन यादवलाई प्रदान गरिएको आयोजकले जनकारी दिएका छन ।

लालि गुँरास चारपाते क्लवका कोषाध्यक्ष एवं क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष देवु यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिका नेपाली कांगे्रस नगर अध्यक्ष लाल बावु यादवको प्रमुख आतिथीयमा समापन कार्यक्रममा विशिष्ठ अतिथी क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर १ का वडाअध्यक्ष मकेश्वर यादव, अतिथी क्षिरेश्वरनाथ नगरपालिका नेपाली कांग्रेस वडानम्बर १ का वडा सभापती जनकी शरण यादव, वडा नम्बर २ का सभापती अखतर अनसारी, जिससका सचिव प्रमोद मण्डल, वडासदस्य, स्थानिय बुद्धिजिवी, खेलप्रेमीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय