महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका मंगलपुर स्थित कलश यात्रा सहित कार्तिक कुंवर मेला महोत्सव सुरु भएको छ । कार्तिक शुक्लपुर्णिमाको दिन प्रत्येक वर्ष क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ मंगलपुर स्थित लाग्दै आएको श्री श्री १०८ श्री कार्तिक कुंवर मेला महोत्सव यस वर्ष नयाँ मन्दिर र करिब ५ लाखको लागतमा भारतको जयपुर राजस्थानबाट ल्याइएको मुर्ति स्थापना गरी भव्यरुपमा मेला महोत्सव मनाउने मेला समितिका कोषाध्यक्ष चन्देश्वर राउतले जनकारी दिएका छन । नेपाली कांग्रेस धनुषा जिल्ला सभापति योगेन्द्र पजियार, समाजसेवी मित्रलाल गिरी, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष अमर किशोर सिंह, कार्यपालिका सदस्य दिपक साह, मधेश प्रदेश कवडी संघका अध्यक्ष सरोज सिंह दनुवार, धनुषा फुटवल संघका अध्यक्ष केवल मुखिया, यूवा नेता अजय राउत, खुरसेत राईन, मेला कार्यसमिती सहितको कलश यात्रा क्षिरेश्वरनाथ नगरपालिकाको विभिन्न भागको परिक्रमा गरी दुधमती सागरमा जलभरी कार्तिक कुंवर मन्दिरमा स्थापना गरिएको मेला समिति अध्यक्ष अरुण माझीले जनकारी दिए । मेला समिति अध्यक्ष माझीको अध्यक्षता र जानकी मन्दिरका महन्थ तपेश्वर दासको प्रमुख आतिथिएमा आयोजित एक कार्यक्रम विच क्षिरेश्वरनाथ नगरपालिकाका पुर्व मेयर योगेन्द्र पजियारको विशेष पहलमा निमार्ण गरिएको मन्दिर, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष अमर किशोर सिंहको आफनो व्यक्तिगत सहयोगबाट निमार्ण गरिएको मुर्ति स्थापना गर्ने ठाउँ र श्री क्षिरेश्वर सेवा समाज दोहाकतारको विशेष सहयोगमा भारतको जयपुरबाट ल्याएको मुर्ति साथै मेलामा विभिन्न स्तरबाट सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको बताउनुभयो । क्षिरेश्वरनाथ नगरपालिका मंगलपुर स्थित लागेको कार्तिक कुंवर मेला महोत्सव विभिन्न किसिमको मनोरन्जनात्मक कार्यक्रम सहित ३ दिन सम्मा लागने मेला समितिले जनकारी दिएका छन ।
कलश यात्रा सहित सुरु भयो कार्तिक कुंवर मेला महोत्सव
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech