श्री नमुना मा.वि.कुम्हरौल रमदैया भवाडीमा चोरी

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौल रमदैया भवाडी स्थित श्री नमुना माध्यमिक विद्यालयमा चोरी भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ मा पर्ने विद्यालयमा मंगलवार राती मुख्य लेखा कार्यालय र स्टोर रुमको ताल्चा फुटाई कार्यालय भित्र रहेको एक प्रिन्टर, वेभ क्यामरा, हेडफोन, एच.डि.एम.वाइर चोरी भएको विद्यालयका प्रधानध्यापक मजिम राईनले जनकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवास र क्षिरेश्वरनाथ नगरपालिकाको समन्वयमा विद्यालयमा विगतको दिनमा भएको कामको छानविन चिट्ठी जानु र विद्यालयको मुख्य कागजात रहेको कार्यालयमा चोरी हुनु संखास्पद रहेको छ भने एकातिर केही दिन देखि रमदैया भवाडीमा यस्ता विभिन्न चोरीका घटनाहरू भइरहेको स्थानियहरु बताउछन् ।
यता विद्यालय व्यवस्थापन पक्षले कार्यालयबाट प्रिन्टर, वेभ क्यामरा, हेडफोन, एच.डि.एम.वाइर बाहेक कुनै सामान चोरी नभएको जानकारी दिए ।
चोरी वारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएकाेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय