मालपोत कार्यालयको शाखा स्थापना गरिदिन अनुरोध

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका जिल्ला प्रशासन कार्यालय धनुषालाई मालपोत कार्यालयको शाखा स्थापनाको लागी अनुरोध पत्र लेखेको छ । नगरपालिका द्धारा लेखिएको पत्रमा यस क्षिरेश्वरनाथ नगरपालिकाको पुर्वमा मिथिला विहारी नगरपालिका र धनुषाधाम नगरपालिका, पश्चिममा वटेश्वर गाउँपालिका, उत्तरमा मिथिला नगरपालिका र दक्षिणमा लक्ष्मिनियाँ गाउँपालिका रहि यस नगरपालिका ५ वटै पालिकाहरुको मध्य विन्दुमा रहेको तथा ती पालिकाहरुबाट यस नगरपालिका आउन जान यातायातको समेत सुविधा रहेको लेखिएको छ । त्यस्तै यस नगरपालिकामा मालपोत कार्यालयको शाखा स्थापना भएमा ती पालिकाहरु र यस नगरपालिकाका बासिन्दाहरुलाई मालपोत सम्बन्धि कामकाजको लागि आवत जावत गर्दा आर्थिक तथा समय समेतको बचत भई यस भेगका वासिन्दाहरु लाभन्वित हुने भएकोले यस नगरपालिकाको केन्द्र महेन्द्रनगरमा मालपोत कार्यालय, धनुषाको शाखा स्थापना गरि दिन हुन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय र बौधार्थ मालपोत कार्यालय धनुषाको लेखिएको पत्र अनुसार क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव नगरको बासिन्दाका लागी सहज नियम संवत शाखा कार्यालय स्थापना भएन भने हामी चरणवद्ध दवाव मुलक कार्यक्रम अगाडी बढाउने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर