नगर अध्यक्ष चौधरीको नेतृत्वमा दलित सँग एमाले कार्यक्रम सुरु

२९ मंसिर, महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमाले नगर अध्यक्ष अनिल चौधरीको नेतृत्वमा दलित सँग एमाले कार्यक्रम शुक्रवारबाट सुरु भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० को प्रस्टोकी, चौअर्वा, गोपालपुर लगायतको दलित बस्तीहरुमा पार्टीका कार्यकर्ता विभिन्न सरोकारवलाहरुको उपस्थितीमा शुक्रवारबाट कार्यक्रम सुरुवात गरिएको नगर अध्यक्ष अनिल चौधरीले जनकारी दिएका छन । नगर अध्यक्ष चौधरीका अनुसार कार्यक्रमको मुल उदेश्य बमोजिम ती वस्तीहरुमा बसोवास गर्दै आइरहेको दलितहरुको शैक्षिक अवस्था, आर्थिक स्रोत र तिनिहरुको जिवन यापनमा खेप्नुपरेका चुनौती र तिनका समाधान बारे केन्द्रित भई छलफल गरिएको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य पल्टिदेवी यादव, क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुकदेव यादव, पार्टीका जिल्ला कमिटी सदस्य श्याम किशोर यादव, उपसचिव निर्मला सिंह, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० वडाअध्यक्षका प्रत्यासी एंव पार्टी नेता फुलगेन यादव, धर्मनाथ यादव लगायतको उपस्थिति रहेको थियो नगर कमिटीले जनकारी दिएका छन ।

त्यस्तै नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटि धनुषाको दलित सँग एमालेको अगामि कार्यक्रम पुस १ गते आइतवार विहान ७ बजे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ मा, पुस २ गते सोमवार विहान ७ बजे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ मा, पुस ३ गते मंगलवार विहान ७ बजे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ मा, पुस ४ गते बुद्धवार विहान ७ बजे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ मा, पुस ५ गते विहिवार विहान ७ बजे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा, पुस ६ गते शुक्रवार विहान ७ बजे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ मा, पुस ७ गते शनिवार विहान ७ बजे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ मा, पुस ८ गते आइतवार विहान ७ बजे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ मा र पुस ९ गते सोमवार विहान ७ बजे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा राखिएको नगर कमिटिले जनकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय