पुस २ दोलखा,
दोलखाको विगु गाउँपालिका वडा नं ५ स्थित श्री सेतिदेवी प्राथमिक विद्यालयमा सोमवार अक्षयकोष वापतको रकमबाट छात्रवृत्ति प्रदान गरिएको छ । स्थानिय समाजसेवी तथा भुपु सैनिक वीर बहादुर लामाले आफ्नो स्वर्गीय बुवा आमाको नामबाट स्थापना गर्नुभएको अक्षयकोष रकमबाट प्रतिभाशाली तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
समाजसेवी लामाले बुवा चतुरे तामाङ र आमा सुकमाया तामाङको स्मृतिमा स्थापना गर्नुभएको रकमबाट कक्षा ३ मा प्रथम भई अध्ययनरत विराज भुजेललाई छात्रवृति प्रदान गरिएको विद्यालयका शिक्षक जितेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो । छात्रवृति वापत रू.२५०० का साथै प्रशंसा पत्र समेत प्रदान गरिएको शिक्षक सिंहले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी वीर बहादुर लामाले सामूदायिक विद्यालयलाई सुधार गर्न अभिभावकको विशेष भूमिका हुनुपर्ने उल्लेख गर्नुभयो । अभिभावकको खवरदारी, विद्यार्थीको मेहनत र शिक्षकको लगन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक तारा बहादुर खड्काले विद्यालयको गतिविधिबारे जानकारी दिदै यस शैक्षिक शत्रबाट कक्षा ५ संचालन भएपनि शिक्षक दरबन्दी र भवनको अभावले समस्या परेको बताउनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश भुजेल, शिक्षिकाहरू मनिषा तामाङ,मनिता भुजेल, कुसुम भुजेलका साथै अभिभावक, स्थानियवासी, विद्यार्थी लगायतको उपस्थिति थियो ।
श्री सेतिदेवी प्राथमिक विद्यालयमा अक्षयकोष वापतको रकमबाट छात्रवृत्ति प्रदान
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech