खसीको मासुसँगै वाख्राको मासु मिसाइ विक्रि जारी नै रहेको स्थानियको आरोप

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित विक्री वितरण गर्दै आएको खसीको मासुसँगै वाख्राको मासु मिसाई विक्रि गर्ने क्रम जारी नै रहेकोे स्थानियहरुले जनकारी दिएका छन । केहीदिन पहिला ईलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ति टोलीले धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरबाट एक फ्रेस हाउसमा चेक जाँच गर्दा पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बाख्राको मासु विक्री गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । तर स्थानियहरुको अनुसार केही दिन यस्ता मिसाबटमा कमी आएपनि अहिले पुन्ह त्यस्तो मिसावटको क्रम जारी नै रहेको छ । एक स्थानियका अनुसार विक्रीका लागी अगाडी झुन्डाइएको मासु खसीको भएपनि बाँकी मासु वाख्राको मिसाएर विक्री वितरण गर्ने गर्छ । यस्तो मिसाबटलाई समय समयमा स्थानिय प्रशासन र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुगमन गर्दा पनि यस्तो ठगने क्रम जारी नै रहेको छ । खसीको मासु विक्रीवितरण गर्ने ठाउँमा बाख्राहरु राखेपनि स्थानिय सरोकारवलाहरु मुखदर्शक बनेका हुन्छ । बाख्राको मासु विक्री गर्न पाईने कानूनी व्यवस्था छ । तर त्यसका लागि छुट्टै काउन्टर राख्नु पर्ने प्रवधान रहेपनि खुलियाम उपभोक्तालाई ठगने क्रम जारी रहेको छ । खास गरेर होटलहरुमा मासुको सप्लाई गर्दा खशीको मासुसंगै ब्राखाको मासु मिसाएर पठाउने गरेका हुन्छ । होटलहरुमा खसीको मासुको नाउँमा बाख्राको मासु अधिक मात्रामा विक्रि वितरण हुने गरेकाले होटलमा मासु खानेहरु सतर्क रहनु पर्ने अवस्था रहेको छ । मासु जाँच ऐन २०५५ ले बाख्राको मासु विक्रिका लागि निषेश नगरेपनि यसको काउन्टर अलग रहनु पर्ने प्रावधान विपरित धनुषा महेन्द्रनगरमा रहेको माछा मासु बजारमा संगै राखेर खुलियाम विक्री वितरण र ठग्ने क्रम जारी नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर