१६ पुस, काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । सोमबारको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै राईले बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएकाले राजीनामा दिनुपर्ने बताए । ‘तपाईंले यो मुलुक चलाउन सक्नु भएन गृहमन्त्री ज्यू । यसरी मान्छे मार्न पाइँदैन, तपाईंले तत्काल राजीनामा दिनुस्,’ सांसद राईले भने । राजीनामा नदिए सरकारले अहिले बनाएको जाँचबुझ आयोग पनि काम गर्न नसक्ने उनको भनाइ छ । ‘राजीनामा आयो भने आयोगले ठीक ठङ्गले काम गर्न सक्छ,’ उनले भने । पीएसओ, डीएसपी लगायत तल्लो तहकालाई कारबाही गर्ने तर उच्च ओहोदाकाले छुट पाउने गलत भएको सांसद राईले बताए ।
गृहमन्त्रीको राजीनामा मागे एमाले सांसद राजेन्द्र राईले
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech