गृहमन्त्री ः छानबिनमा दोषी देखिएकालाई कारबाही गर्छौं

१६ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई निलम्बन गरेको बताए । घटना सामान्य नभएको, तर प्रधानमन्त्री दोलखा भएकाले घटना भएकै दिन मन्त्रिपरिषद् बस्न नसक्ने भएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको उनले सुनाए । सोमबार सरकारले उच्चस्तरीय आयोग बनाएको भन्दै उनले भने, ‘सबै पक्षमा छानबिन गर्नेछ, दोषीलाई कारबाहीको दायरामा ल्याउने छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय