१७ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले छलफल थालेका छन् । छलफलका लागि कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते हुँदैछ । चुनावको मिति नजिकिएसँग सत्ता साझेदार दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन् ।
राष्ट्रिय सभा सदस्य भागबन्डाको लागि नेपाली कांग्रेस – माओवादीले छलफल
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech