११ सय भार सहित जनकपुरबाट अयोध्याकालागी प्रस्थान

महेन्द्रनगर,
आज जानकी मन्दिरले ११ सय कोसेली (भार) सहित भारत उत्तर प्रदेशको अयोध्यामा नवनिमित राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागीका हुनका लागी प्रस्थान गरेको छ । जनकपुरधामबाट सयौंको संख्यामा भारसहित जनकपुरधामको परिक्रमा गर्दै त्यस तर्फ प्रस्थान गर्न लागेको हो । मिथिलाञ्चलमा छोरीको ससुरालमा घरबास भए माइतबाट कोसेली पठाउने चलन अनुसार आजा जनकपुरबाट अयोध्याकालागी प्रस्थान भएको छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघरबाट कोसेली लग्न लागिएको हो । कोसेलीमा ठेकुवा, भुसुवा, खाजा, मिठाई, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री अयोध्या पुर्याउने कार्यक्रम रहेको छ । जनकपुरको हुलाकी सडक हुँदै महोत्तरीको जलेश्वर, मलंगवा, गौर, कलैया हुँदै विरगंजमा रात्री बास बस्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि (शुक्रबार) बिहान सीमापारी रक्सौल हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए । उनका अनुसार शनिबार बिहान ९ बजे राम जन्म भूमि ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भार लिएर जाने टोलि जनकपुरधाम फर्किने छ । भारसहित जनकपुरधामका मेयर मनोज साहसहित संयौंको संख्यामा श्रद्धालुहरु अयोध्या जान लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर