एउटै व्यक्तिलाई ५ वटा संकायको डिन जिम्मेवारी ः गण्डकी विश्वविद्यालयले

२० पुस, पोखरा । गण्डकी विश्वविद्यालयले एउटै व्यक्तिलाई ५ वटा संकायको डिनको जिम्मेवारी दिएको छ । गण्डकी विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन डा। कपिल अधिकारीलाई त्यहाँ पढाइ हुने सबै संकायको प्रमुख ९डिन०को जिम्मेवारी दिइएको छ । डिन अधिकारी विश्वविद्यालयको ‘संगठन तथा शैक्षिक प्रशासन नियमावली, २०७७’ विपरीत सबै संकायको डिनका रुपमा कार्यरत छन् । जबकि, गण्डकी विश्वविद्यालयको ऐन २०७६ को दफा ९ अनुसार प्रत्येक संकायको एक जना डिन हुनपर्ने स्पष्ट कानुनी व्यवस्था छ । गण्डकी विश्वविद्यालय ९जियु० मा खेलकुद व्यवस्थापन ९बीएसएम०, सूचना प्रविधि ९बीआइटी०, फार्मेसी ९बीफर्मा०, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन ९बीबीए० र ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल ९बीएलएलबी० विषयमा अध्यापन हुँदै आएको छ । उल्लेखित ५ वटै संकायको डिनको जिम्मवारी डा।अधिकारीलाई एकलौटी रुपमा दिइएको भन्दै छानविनका लागि अख्तियारमा २ पटक उजुरी पनि परेको छ । उनको नियुक्तिबारे प्रश्न उठाउँदै भदौ १७ गते एकजनाले अख्तियारमा उजुरी दिएका थिए । त्यसपछि कात्तिक २३ गते ५ जनाले छानविनका लागि उजुरी दिएका छन् । विश्वविद्यालयको नियमविपरीत एउटै व्यक्ति सबै संकायको डिनका रुपमा रहँदा विश्वविद्यालयको स्तरमात्रै नभएर विद्यार्थीका पढाइमासमेत असर गर्ने उजुरीकर्ताले उल्लेख गरेका छन् । ‘उहाँ विशेषतः विज्ञान तथा प्रविधि संकायको डिन हुनुहुन्छ । तर, उहाँले अरु सबै संकायको डिनको रुपमा काम गर्न सक्नुहुन्न, पाउनुहुन्न पनि’, विश्वविद्यालय स्रोतले अनलाइनखबरलाई भन्यो, ‘फरक विषयको डिनले अर्को विषयको गाम्भीर्यता कसरी बुझ्न सक्दैन ।’ उक्त विद्यालयमा अध्ययनरत एकजना विद्यार्थीका अनुसार आफूहरु फरक–फरक विषयमा अध्ययन गर्दै आए पनि ‘संकाय’मा भने विज्ञान तथा प्रविधि लेख्नु परिरहेको छ । ‘म व्यवस्थापन संकायमा पढ्छु । तर, परीक्षामा संकायमा अर्को लेख्नुपर्छ’, ती विद्यार्थीले भने, ‘किन यस्तो भएको हो थाहा छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय