नेपाली कांग्रेसको आज लागि तय भएको कार्यसम्पादन समितिको बैठक सर्‍यो

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक भोलि ९आइतबार० दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो । आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैन । एमालेले भने चुनाव हुन लागेका सबै १९ सिटमै उम्मेदवार दिने तयारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय