राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता हुँदै

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन ९उम्मेदवारी० दर्ता हुँदैछ । सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । मनोनयनका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्मको समय तोकिएको छ । निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली प्रकाशित गरेपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो । निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमाले र माओवादीले आइतबार नै उम्मेदवार टुंग्याएका थिए भने कांग्रेसले बिहानै मात्रै टुंगो लगाएको हो ।
यसपटक सत्ता गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दै छ । त्यसैले एमालेले सबै १९ सिटकै लागि उम्मेदवारी दर्ता गराउँदैछ । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते मतदान हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ । यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ । २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल फागुन २० मा सकिंदैछ । ६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।तिमिल्सिना सहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट बिदा हुनेछन् ।एमालेकै दीपा गुरुङ ९गण्डकी०, इन्दु कडरिया ९सुदूरपश्चिम०, खिमलाल भट्टराई ९लुम्बिनी०, दील कुमारी रावल थापा ९बागमती०, रामचन्द्र राई ९बागमती०, नरपती लुवार ९कर्णाली०, भैरव सुन्दर श्रेष्ठ ९कर्णाली० र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल पनि राष्ट्रिय सभाबाट बिदा हुँदैछन् । यसैगरी नेपाली कांग्रेसबाट अनिता देवकोटा ९लुम्बिनी०, जितेन्द्रनारायण देव ९मधेश०, प्रकाश पन्थ ९गण्डकी० र रमेशजंग रायमाझी ९कोशी०को कार्यकाल पनि फागुन २० गते सकिँदै छ । नेकपा माओवादी केन्द्रका महेश कुमार महरा ९सुदूरपश्चिम०, हरिराम चौधरी ९सुदूरपश्चिम० र विना पोखरेल ९कोशी० तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं ९कर्णाली०, सिंगबहादुर विश्वकर्मा ९बागमती०को कार्यकाल सकिँदै छ । यसैगरी जसपाकी प्रमिला कुमारी ९मधेश प्रदेश० को कार्यकाल पनि सकिँदै छ । बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० मै बिदा हुँदैछन्।
यस्तो छ निर्वाचन तालिका
उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एकरएक मतदानस्थल र दुईरदुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्य निर्वाचित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय