गंगोत्रि बोडिङ्ग स्कुलका संचालक साह द्धारा अति विपन्न परिवारलाई बल्याङकेट

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित संचालनमा रहेको गंगोत्री बोडिङ्ग स्कुलका संचालक गणेश साह द्धारा चिसोबाट प्रभावित अति विभिन्न परिवारलाई बल्याङकेट वितरण गरिएको छ । धनुषा वटेश्वर गाउँपालिकाका स्थानीय समेत रहेका साहले वटेश्वर गाउँपालिकामा बसोवास गर्ने अति विपन्न परिवारलाई बल्याङकेट वितरण गर्दै वास्तविक गरिव विपन्न परिवार कसैको नजरमा छ भने आफूलाई सम्पर्क गर्न आग्रह पनि गर्नुभयो । विपन्न अशक्त असहायलाई जाडोबाट बच्नका निम्ति करिब २५ जनालाई बल्याङकेट वितरण गरेको र यो क्रम जारी रहेको बताए । करोना कालमा पनि अति विपन्न घर परिवारलाई विभिन्न किसिमको सहयोग गर्दै आएका साह समाजिक उत्तरदायी बुझी आफनो कतव्र्य निवार्ह गरेको र आउने दिनमा पनि समाजको लागी आफनो सहयोग जारी नै रहने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय