महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर प्राथमिक स्वास्थ्य केन्द्रमा बृहत परिवार नियोजन निःशुल्क स्थायी बन्ध्याकरण शिविरको एक कार्यक्रम विच उदघाटन भएको छ ।
व्यवस्थित परिवार सुखको आधार नारा साथ सन्तानको रहर पुगि सकेका दम्पतिहरुको लागि बन्ध्याकरण गराउने सुवर्ण अवसर भनि आज बुधवार देखि सुरु भएको छ । स्वास्थ्य कार्यालय जनकपुरधामको आयोजना र सुनौलो परिवार नेपालको सहयोगमा संचालित शिविरको क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव र स्वास्थ्य मन्त्रालयका सचिव प्रमोद कुमार यादव, महाशाखा प्रमुख इन्द्रजित रजक लगायतको उपस्थितीमा विधिवत सुरुवात भएको छ ।
कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख यादव निःशुल्क स्थायी बन्ध्याकरण शिविरमा सन्तानको रहर पुगि सकेका दम्पतिहरुलाई सहभागी हुन आग्रह गर्दै नगर भित्रका स्वास्थ्य संस्थाहरुलाई अझ वेवस्थीत गरी अगाडी बढाउन स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभएको थियो ।
साथै एक अलग प्रशंगमा मालपोत कार्यालयको शाखा महेन्द्रनगरमा स्थापनाको लागी सम्बन्धीत निकाय सँग पहल गर्ने नगरपालिकाको काम जारी रहेको जनकारी दिदैँ आउने दिनमा महेन्द्रनगर विच सेन्टरमा शाखा स्थापना नगरी अन्त लगिएमा काडा रुपमा अगाडी बढने बताउनु भयो ।
बृहत परिवार नियोजन निःशुल्क स्थायी बन्ध्याकरण शिविरको उदघाटन
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech