१६ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संसद र सरकारको कामकारबाहीलाई लिएर सदनमा भएको आरोप(प्रत्यारोपप्रति असन्तुष्टि जनाएको छ ।बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधि सभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीका तर्फबाट बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले यस्तो प्रस्ताव गरेका हुन् ।‘हामी सबै जनप्रतिनिधि भइसकेपछि नेपाल सरकारको अंग हौं । हामी नेपाल सरकारको दायीत्व लिएर बसेका छौं । एक अर्कालाई आक्षेप लगाउनु भन्दा यो सरकारलाई सही ढंगले दौडनका लागि प्रतिपक्ष, सत्तापक्ष दल र स्वतन्त्र सांसद सबैले एक वर्ष आखाँ चिम्लेर काम गर्न दिऔं, सहयोग गरौं ।’ उनले भने ।एक वर्ष काम गर्न दिँदा पनि सही रुपमा काम गरेको अनुभूति हुन नसके समीक्षा गरेर सरकार बदल्न सकिने बताए । भ्रष्टाचारविरुद्धको अभियानमा संघीय सरकारले सकारात्मक कामहरु गरेको उनले बताए ।साथै तीन वटै तहको सरकारको बीचमा समन्वय आवश्यक रहेको र त्यसका लागि पनि काम गर्नुपर्नेमा उनले जोड दिए । सरकारले संसदमा उठेका विषयलाई गम्भिरतापूर्वक लिनुपर्नेमा पनि उनले जोड दिए ।
नागरिक उन्मुक्ति पार्टी ःवर्तमान सरकारलाई एक वर्ष आखाँ चिम्लेर काम गर्न दिऔं
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech