अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही लक्षित आक्रमण सुरु

२७ पुस, काठमाडौं । अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही लक्षित आक्रमण सुरु गरेका छन् ।आफ्नो महत्वपूर्ण सहयोगी इजरायलले गाजामा हमाससँग युद्ध लडिरहेको बेला अमेरिकाले आफ्ना सहयोगीहरूसँगै मिलेर यमनमा आक्रमण सुरु गरेको हो ।ध्यपूर्वका इस्लामिक देशहरू गाजामा भइरहेको इजरायली आक्रमणको बिरूद्ध एकजुट देखिएका थिए, तर यमनमा हुथी लक्षित आक्रमणले स्थितिलाई जटिल बनाउन सक्ने छ ।हुथीहरूलाई इरानले समर्थन गरेको छ र साउदी अरेबियाले यमनमा हुथीहरू विरुद्ध वर्षौंदेखि लडिरहेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थित हुथी विद्रोहीले गत नोभेम्बरदेखि लाल सागर हुँदै जाने जहाजलाई निशाना बनाउँदै आएकाले यो आक्रमण उनीहरुविरुद्धको प्रतिकारात्मक कारबाही भएको बताएका छन् ।यसका लागि नेदरल्याण्ड्स, अष्ट्रेलिया, क्यानडा, बहराइन लगायतका देशबाट सहयोग आइरहेको उनले बताए ।बेलायती प्रधानमन्त्री ऋषि सुनकले रोयल एयर फोर्सको लडाकु विमानको सहयोगमा हुथी सैन्य अड्डा लक्षित रेर आक्रमण गरिएको बताएका छन् । उनले यी आक्रमणलाई ‘सीमित, आवश्यक रआत्मरक्षाको लागि लिइएको कदम’ बताएका छन् ।हालसम्म प्राप्त जानकारी अनुसार यमनको राजधानी साना, रेड सागरको होडेडा बन्दरगाह, उत्तर(पश्चिममा हुथी विद्रोहीको गढ मानिने धामार र सदामा हमला गरिएको छ।हुथी विद्रोही समुहका एक नेताले अमेरिका र बेलायतले यो आक्रमणको लागि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।यमनको ठूलो भूभाग हुथी विद्रोहीको नियन्त्रणमा छ । हुथीले इजरायल विरुद्ध लडिरहेको प्यालेस्टिनी चरमपन्थी समूह हमासलाई समर्थन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय