मधेश प्रदेशका सभामुख मण्डल द्धारा चियापान तथा भेटघाट कार्यक्रम

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वनाथ नगरपालिका दिगम्वरपुर स्थित मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल द्धारा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का नेकपा एमालेका वडा प्रत्यासी राम खेलावन महतोको अध्यक्षता र सभामुख मण्डलको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच शिक्षा, स्वास्थ्य र खानेपानीको विषयमा चर्चा गरिएको स्थानिय विजेन्द्र महतोले जनकारी दिएका छन । आफनो निवार्चन क्षेत्र रहेको ठाउँमा जनताबाट आएका गुनासा र समस्यालाई सम्बन्धीत निकाय सम्मा पु¥याई विकास निमार्णको कार्यहरु अगाडी बढाउने प्रतिवद्धता जनाउनुभएको थियो । चियापान तथा भेटघाट कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ स्थित रहेको राम जानकी मन्दिरका अध्यक्ष मोहन प्रसाद सिंह, स्थानिय बुद्धिजिवी गंगा प्रसाद सिंह, चन्देश्वर महतो, मेयर प्रत्यासी शिवशंकर प्रसाद सिंह, लोसपा नेता सत्यनारायण महतो लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय