धनुषामा एक परुषको शव र महिला घाइते अवस्थामा भेटियो

महेन्द्रनगर,
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका पकरिया स्थित एक पुरुषको शव भेटेको छ भने महिला आफनौ घर अगाडी अचेत अवस्थामा फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ परिक्रमा सडकखण्ड पकरियाबाट पर्सा जाने बाटोमा लोहरपट्टी नगरपालिका ३ महदैया बस्ने राम औतार सहनीको छोरा अन्दाजी वर्ष २२ को राधे सहनीको शव रहेको छ भने क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ पकरिया बस्ने विल्टु शर्माको छोरी अन्दाजी वर्ष २१ को असमिता शर्मा आफनै घर अगाडी अचेत अवस्थामा फेला परेको छ । घाईते अस्मितालाई राति नै उपचारको लागी प्रादेशिक अस्पतालमा लगिएको छ विहान भेटिएको शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल जनकपुर पठाईएको छ । घटनाबारे अनुशन्धान भईरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कार्कीले जनकारी दिए ।
घटनाबारे घाइतेका आफन्तले दिएको जनकारी
हिन्दुहरुको पर्व तिलासकराइत मनाउन भरखरै दशैंमा प्रेम विवाह गरेकी छोरी आइतवार २ बजे घर आएकी छोरी ज्वाँईलाई बेलुका करिब ४ बजेतिर दुईजना साथी फोन गरि घर आएको थियो । साँझमा साथीलाई नास्ता खुवाउन महेन्द्रनगर होटलमा पु¥याएर ज्वाँई घर आए । साँझ करिब ७ बजे ज्वाँईको मोवाइलमा फोन आयो हामी सँग पैसा छैन पैसा तिर्न होटल आउँ त्यतीकै मा पुन्हा अर्को दुई जना साथ बाइक लिएर घर आए र सँगै एउटा बाईकमा ज्वाँई र छोरी निस्केको र अर्को बाईकमा घर आएका केटाहरु निस्केको थियो । घरबाट निस्केको २०–२५ मिन्टमै घर अगाडी बाइकको ठुलो अवाज आयो । घर बाहिर निस्किदा छोरी अचेत अवस्थामा देख । अचेत अवस्थामा देखेको छोरीलाई तत्कालै एम्बुलेन्स बोलाएर उपचारको लागी जनकपुर पठाएँ र विहान ज्वाँइको शव भेटेको थाहा पाएँ । आफन्तका अनुसार ज्वाँईलाई भेटन आएका केटाहरु उस्कै गाउँको रहेको छ । नाम थाहा नभएपनि देख्दा चिन्न सक्छु भन्दै जनकारी गराएका छन । घटना दुर्घटना हो कि हत्या हो अहिले सम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय