आज तिलासकराइत, थारु समुदाय माघी पर्व मनाउँदै

महेन्द्रनगर,
हिन्दुहरु आज तिलासकराइत मनाईरहेको छ भने थारु समुदाय माघी पर्व मनाउँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । मधेशका मैथिली लगायत मधेशी समुदायले आजको दिनमा तील, च्युरा, मुरही, लगायतको परिकारलाई सक्खर मिलाएर लड्डु (लाइ) बनाउने गर्दछन् । नुहाएर तिलचामल चढाएर खानुको साथै लाइ घ्यु, खिचडी खाने चलन छ । आफ्ना छोरीको घरमा ती परिकारहरु कोसेलीको रुपमा पठाउने चलन समेत मिथिलाञ्चलमा रहेको छ । पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने गर्छन ्। आजदेखि उत्तरायण सुरु भएकाले दिन लामा र रात छोटो हुँदै जान्छ । नेपाली समाजमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने प्रचलन छ । थारु समुदायमा माघीमा आफ्ना चेलीबेटीहरूलाई उपहार दिने चलन छ। माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता पनि थारू समुदायमा छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आ(आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन अझै पनि कतिपय थारु समुदायमा प्रचलनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर