६ माघ,काठमाडौं । राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने भएको छ ।कांग्रेसले गठन गरेको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको शनिबार बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्नका लागि विभिन्न प्रदेशमा जाने निर्णय गरेको सचिव केशवराज जोशीले जानकारी दिए ।केन्द्रीय समन्वय समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षताम बसेको बैठकमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुसँग छलफल भएको थियो । छलफलपछि समन्वय समितिको टोलीले प्रदेशस्तरमा जाने निर्णय गरेको हो ।फागुनमा अवधि पूरा हुन लागेका १९ सदस्यको ठाउँमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले आपसमा तालमेल गरेका छन् । तालमेलमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् ।प्रदेशस्तरमा हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
राष्ट्रियसभा चुनावको प्रचारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech