मेयर प्रत्याक्षी शिवशंकर प्रसाद सिंह द्धारा वृद्धहरुलाई सम्मान

महेन्द्रनगर,
भारतको उत्तर प्रदेश स्थित अयोध्यामा सोमबार भएको राममन्दिर प्राण प्रतिष्ठाको सुखद अवसरमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका इच्छापुर स्थित एक कार्यक्रम विच वृद्धहरुलाई सम्मान गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिका मेयर पदको प्रत्याक्षी उमेदवार क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ बस्ने शिवशंकर प्रसाद सिंह समाज प्रति आफनो दायित्व निर्वाह गर्दै आज बुद्धवार वृद्धहरुलाई सम्मान गरेका हुन । क्षिरेश्वरनाथ नगरपालिका भित्र बसोवास गर्ने गरिब, असाह्यहरुलाई आफनो व्यक्तिगत तर्फबाट यूवाहरुको आग्रहमा विभिन्न सहयोग गर्दै आइरहेका सिंह आजै क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्वरपुरका सियाशरण महतोलाई पनि नगद सहयोग गरेका हुन । त्यस्तै स्थानिय सतिश कुमार झाका अनुसार विगत दिनमा पैसाको कारण अस्पतालबाट डिसर्चाज हुन नपाएका, पैसाको कारण अस्कत विरामीहरु उपचार गराउन नसकेको, आर्थिक अवस्था कमजोरको कारण क्रिया खर्चा पावत आसबोकी बसेकाहरुलाई पनि विभिन्न समयमा केही न केही सहयोग गर्दै आइरहेका समाज सेवी मध्यका एक नाम शिव शंकर प्रसाद सिंह रहेको बताए । एता सिंहका अनुसार आफू समाज प्रतिको दायित्व बुझि विगत दिनमा पनि विभिन्न सहयोग गरेको र आउनेदिनमा पनि आफबाट हुने सहयोग जारी नै रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय