महेन्द्रनगर,
मधेश प्रदेश स्तरिय कवडी प्रतियोगितामा प्रथम स्थान ल्याउने सफल महिला कवडी टिमलाई प्रोत्सान स्वरुप पोशाक वितरण गरिएको छ ।
प्रोत्सान स्वरुप क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको हाथबाट प्रदान गरिएको हो । पोशाक वितरण कार्यक्रममा नगर प्रमुख यादव पोशाक वितरण गर्दै क्षिरेश्वरनाथ नगरपालिका चालु आर्थिक वर्ष २०८०÷०८१ को नगर स्तरिय विकास योजना अनुसार मधेश प्रदेश स्तरीय प्रथम मेयर कप महिला भलिबल प्रतियोगिता २०८० यही माघ २१ ग्ते देखि माघ २४ गते सम्म संचालन हुन गइरहेको जनकारी दिनुभयो । प्रतियोगिता श्री क्षिरेश्वर जनता मा.वि.को खेल मैदान महेन्द्रनगरमा माघ २१ गते विहान ११ बजे विधिवत उदघाटन पक्ष्चात सुरुवात हुने छ । क्षिरेश्वरनाथ नगरपालिका द्धारा निकालिएको सुचनामा प्रतियोगिताको सम्पुर्ण खेलहरु न्ेपाल भलिबल संघको नियमानुसार संचालन हुने जस्मा बाहिरका भलिबल समुहका लागि नियमानुसारको यातायात, बास र खानाको व्यवस्था, प्रत्येक समुहमा ९ जना खेलाडी, १ जना टिम व्यवस्थापक र १ जना कोच, खेलमा सहभागी खेलाडीहरुले समुहको प्रतिनिधित्व झल्किने खेल पोसाक लगाउनुपर्ने, खेल सुरु हुनु भन्दा ३० मिनट पहिला उपस्थित हुनुपर्ने र खेल सम्बन्धि अन्तिम निर्णय रेफ्री, आयोजकमा रहने लगायतको नियम सम्वत सुचना प्रकाशित गरेको छ ।
त्यस्तै प्रतियोगितामा प्रथम पुरस्कार नगद रु.४० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र, दोस्रो पुरस्कार नगर रु.३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र, तेस्रो पुरस्कार नगर रु.२० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद रु.१० हजार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक द्धारा निकालिएको सुचनामा उल्लेख गरिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका द्धारा कवडी खेलाडीलाई पोशाक वितरण
ताजा समाचार
लोकप्रिय
© 2024 Dudhmati FM | All Right Reserved | Privacy Policy
Powered by: ProTech