केपी ओली ः वर्तमान सरकारलाई भ्रष्ट सरकारको संज्ञा दियो

१९ माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई भ्रष्ट सरकारको संज्ञा दिएका छन् ।शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति मासेको आरोप लगाए ।रेडक्रम, गैरआवासीय नेपाली संघ लगायतमा सत्ता गठबन्धनले हस्तक्षेप गरेको भन्दै उनले सरकार र सत्तारुढ दलहरुको आलोचना गरेका हुन् ।
‘।। हेर्दा हेर्दै कस्तो सरकार बन्यो नेपालमा १ डेमोक्रेसी भनिन्छ । प्रणाली ने मास्यो त यहाँ’ अध्यक्ष ओलीले भने ।उनी थप्छन्, ‘यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो कानुनअनुसार चल्ने, मूल्य मान्यता अनुसार चल्ने सरकार होइन । गैरकानुनी, बेतिथीसँग चल्ने सरकार हो ।’एमाले अध्यक्ष ओलीले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरवार पुगेर भेटेका थिए । त्यसक्रममा प्रधानमन्त्रीलाइ आफूले स्काउटको अधिवेशन नरोक्न भनेको उनले सुनाए ।नेपाली कांग्रेस र सत्तारुढ दलले हार्ने सोचका साथ स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले निर्देशन दिएको र त्यसो नगर्न आफूले भनेको अध्यक्ष ओलीले बताए ।अधिवेशनको तयारी भइसकेको अवस्थामा स्काउटको अधिवेशन रोक्न नहुने एमाले अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय