आगोले जलेर दाङ र कैलालीमा दुई जनाको मृत्यु

१९ माघ, काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई जनाको मृत्यु भएको छ । मृतक दुवै महिलाहरु हुन् ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको गएराति खाना पकाउने क्रममा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दाउरा बालेर खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदीप चन्दका अनुसार ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको विहीबार मृत्यु भएको हो ।उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा एक हप्तासम्म राखेर उपचार गरिएको थियो तर बिहीबार न्यौपानेको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय