महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिका द्धारा संचालित प्रदेश स्तरीय मेयर कप महिला भलिवल प्रतियोगिता २०८० आजबाट सुरु भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर क्षिरेश्वर मा.वि.को खेल मैदानमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम उदगार अधिकारीको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित उदघाटन सत्रको पहिलो रौतहट र सलार्ही विच भएको खेलमा सलार्ही टिम र दोस्रो महोत्तरी र सप्तरी विच भएको खेलमा स्पतरी टिम पहिलो जित हात पार्न सफल भएको छ ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथी नगर प्रमुख यादव प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीलाई धन्यवाद दिँदै खेलाडी कुनै पार्टीको नभई देश र स्वास्थयको लागी भएकोले यसमा कुनै भेदभाव नगर्न साथीहरुलाई आग्रह गर्नुभएको थियो । नगरपालिकामा जस्तै खेलमा पनि भेदवाभ गरेको प्रति नगर प्रमुख यादव असन्तुष्टि जनाउदैँ आउनेदिनमा यस्ता कार्यक्रममा भेदभव नगर्न साथीहरुमा आग्रह गर्नुभएको थियो ।
अहिलेको अवस्थामा प्रदेश सरकार खेलप्रति देखाएको उदासिन्तालाई क्षिरेश्वरनाथ नगरपालिका खास गरी महेन्द्रनगर सम्पुर्ण खेलको गोइरा खेत भएकोले अवको दिनमा क्षिरेश्वरनाथ नगरपालिका सम्पुर्ण खेललाई निरन्तरता दिने असुवासन दिनुभएको थियो ।
कार्यक्रम अध्यक्षता गर्नुभएका क्षिरेश्वरनाथ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राम उदगार अधिकारी नगरपालिकाको चालु आ.व.२०८०÷०८१ को नगर स्तरीय विकास योजना अनुसार मधेश प्रदेश स्तरीय प्रथम मेयर कप महिला भलिवल प्रतियोगिता २०८० संचालन भएको जनकारी दिँदै खेलमा सम्पुर्ण निर्णायक र रेफ्रीहरुलाई नियमानुसार संचालन गर्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित अतिथीहरुलाई स्वागत गर्दै शिक्षा शाखा प्रमुख दिपक खत्री स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद नारालाई निरन्तरता दिन स्थानिय सरकार आएदेखि महेन्द्रनगरमा पहिला चोटी प्रदेश स्तरिय महिला भलिवल प्रतियोगिताको आयोजना भएको र बाँकी खेलमा पनि क्षिरेशवरनाथ नगरपालिकाको निरन्तरता रहने जनकारी दिनुभयो ।
कार्यक्रममा पूर्व कानुन मन्त्री भलिवल संघ प्रदेश अध्यक्ष ज्ञानेन्द्र यादव, पूर्व जि.स.स.अध्यक्ष रामदेव वनरैत यादव, श्री श्रीनाथ गण महेन्द्रनगरका गणपति, नेपाल खेलकुद संघ प्रदेश अध्यक्ष कमल किशोर चौधरी, नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर अध्यक्ष अनिल चौधरी, राष्ट्रिय भलिवल संघका प्रशिक्षक भरत यादव, प्यावसन प्रदेश सचिव गणेश साह, क्षिरेश्वरनाथ नगरपालिका शिक्षा समिति सदस्य सुर्यनाथ यादव, सुजित कापरी, विभिन्न जिल्लाबाट आएका प्रशिक्षक, टिमकोच खेलाडी दर्शकहरुको उपस्थिती रहेको थियो ।
खेलको उदघाटन सत्रमा महेन्द्रनगर स्थित रहेको गंगोत्री बोडिङ्ग स्कुल, दशर्निय बोडिङ्ग स्कुल र सिस्टमेटिक बोडिङ्ग स्कुलका छात्राहरु द्धारा नितृय प्रदर्शन गरिएको थियो ।