क्षिरेश्वरनाथ नगरपालिका स्तरीय छैठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

महेन्द्रनगर,
क्षिरेश्वरनाथ नगरपालिका स्तरिय छैठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद नारा साथ नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा आयोजित क्षिरेश्वरनाथ नगरपालिका स्तरीय छैठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नगरको समुदायिक र संस्थागत गरी जम्मा १४ ओटा विद्यालय सहभागिता जनाएका छन ।

क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको क्षिरेश्वर मा.वि.का सह–प्रधानध्यापक उमेश यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच विधिवत कार्यक्रमको सुरुवात भएको छ । क्षिरेश्वर मा.वि.को खेल मैदानबाट प्रमुख अतिथी, अतिथी सहभागि विद्यालयका विद्यार्थी आफनो पोसाक र व्यानर सहित मार्चपासका लागी महेन्द्रनगरको सखुवा चौक, हनुमान चौक र क्षिरेश्वर चौक लगायतको परिक्रमा गर्दै पुन्ह क्षिरेश्वर मा.वि.को खेल मैदानमा पुगेको थियो ।

कार्यक्रममा उपस्थित अतिथी र सहभागी विद्यालयहरु लाई स्वागत गर्दै क्षिरेश्वरनाथ नगरपालिका शिक्षा शाखा प्रमुख दिपक खत्री हरेक आर्थिक वर्ष शैक्षिकसत्रको अधारमा विद्यार्थीमा भएको कला प्रदार्शन गर्ने हिसावले छैठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरुवात भएको छ ।

२८ गतेसम्म आयोजना हुने प्रतियोगितामा कबड्डी, भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड र हाइजम्प लगायतको प्रतियोगिता गराउने शिक्षा शाखाका कासिम राईनले जनकारी दिनुभयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी नगर प्रमुख यादव राष्ट्रको लागी, स्वास्थ्यको लागी खेलकुद आवश्यक रहेको बताउँदै क्षिरेश्वरनाथ नगरपालिकाको आयोजनामा संचालित छैठौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता निष्पक्ष, शान्त पुर्वक संचालन गर्न सहभागी रेफ्रीहरुलाई आग्रह गर्नुभएको थियो ।

प्रतियोगितामा सहभागी निर्णायक, रेफ्रीहरु उपस्थित प्रमुख अतिथी, अतिथीहरु द्धारा सटफुट खेल खेलाई प्रतियोगिताको सुभारम्भ गरिएको थियो । कार्यक्रममा अतिथीहरु क्षिरेश्वरनाथ नगरपालिका नेकपा एमालेका नगर अध्यक्ष अनिल चौधरी, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विनोद गुप्ता, वडा नं.९ का अवध किशोर यादव, श्री श्रीनाथ गणका प्रतिनिधि श्याम बहादुर विक, सशस्त्र प्रहरी क्याम नकटाझिका प्रहरी निरिक्षक महेश सिंह धामी, प्यावसन मधेश प्रदेश सचिव गणेश साह, शिक्षा समिति सदस्य सुजित कापरी, सम्पत महतो, क्षिरेश्वरनाथ नगरपालिका वडा नं.२ का पूर्व वडाअध्यक्ष श्याम यादव, यूवा नेता सतिश कुमार झा, विभिन्न विद्यालयका प्रधानध्यापक, प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय