महेन्द्रनगर,
मदरसा सादिया लिलबनात महेन्द्रनगरको आयोजनामा पहिलो चोटी हाजरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर सिन्धुलीटोल स्थित संचालनमा रहेको मदरसामा अध्ययनरत विद्यार्थीहरु विच हाजरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
मदरसा सादिया लिलबनातका संचालक मो.हसन रेजा चतुर्वेदीको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मुबारक कवारीको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच प्रतियोगिताको सुरुवात भएको थियो । प्रतियोगितामा सहभागी प्रमुख अतिथी कवारी मुस्लीम समुदायमा पछाडी परिएका छात्राहरुलाई शिक्षा दिक्षाको लागी संचालनमा ल्याएका मदरसा संचालक लाई धन्यवाद दिँदै सुरुवाती दिनमा पनि आफूबाट भएको सहयोग गरेको र आउने दिनमा पनि आफनो साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भएको थियो ।
मदरसामा अध्यनरत जम्मा १ सय २८ विद्यार्थीलाई ८ ओटा समुहमा विभाजन गरी प्रतियोगिता संचालन गरिएको व्यवस्थापक चतुर्वेदीले जनकारी दिनुभयो । महेन्द्रनगर स्थित संचालनमा रहेको मदरसामा पहिलो चोटी आयोजना गरिएको हाजरिजवाफ प्रतियोगिताको बारेमा जनकारी दिँदै चतुर्वेदी ठाउँठाउँमा रहेको मदरसामा अध्ययनरत विद्यार्थीहरु विच हाजरि जवाफ प्रतियोगिता गराउने लक्ष्य भएपनि समयको अभावको कारण पहिलो चोटी आफै ले संचालन गरेको मदरसाबाट सुरुवात गर्न बुद्धिजिवीहरुबाट आएको सुझाव अनुसार अगाडी बढेको जनकारि दिए ।
कार्यक्रममा विशिष्ठ अतिथी मुफति अबदुल अजिज अतिथीहरु मोलाना हारुन रसिद, मुजफर हुसेन, अब्दुर रहमान, मास्टर हासिम राइन, जासिम राइन, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का वडा सदस्य अहमद हुसेन, वडा नम्बर १० का वडा सदस्य साहिद रेजा, स्थानिय बुद्धिजिवी विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुको हाथबाट प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान ल्याउने विद्याथीहरुलाई नगद, सिल र प्रमाणपत्र प्रदान गरिएको छ ।