महेन्द्रनगर,
दनुवार जातीको माथा परिवार द्धारा परा पुर्वकाल देखि मनाउँदै आएको मुडन कार्यक्रम यस वर्षपनि धुमधामका साथ सम्पनन भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर दुधमती मन्दिरमा प्रतेक वर्ष वसन्त पञ्चमीको दिन पूर्व झापा देखि पच्क्षीम पर्सा जिल्ला सम्मको माथा वंश परिवार द्धारा पहिलो मुडन कार्यक्रम गर्दै आएको छ । दनुवार जातीको मुख्य पर्व मध्यका एक मुडन कार्यक्रमको अवसरमा यस वर्ष क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ दुधमती चौक स्थित भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । दनुवार जागरण समितिका जिल्ला अध्यक्ष बासुदेव सिंह दनुवारको अध्यक्षता र मधेश प्रदेश समाज कल्यान खेलकुद मन्त्री सुरिता साहको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जस कार्यक्रममा महोत्तरी, सिरहा र सलार्हीका संस्कृतिक टिम द्धारा समाजमा घटिरहेको दहेज प्रथा जस्ता जनचेतना मुल्क नाटक, नृत्य प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथी साह दनुवार जातीको भव्य कार्यक्रमको शुभकामना दिँदै परावूर्वकाल देखि धरोहरको रुपमा मनाउँदै आइरहेको कार्यक्रमलाई अझ व्यव्सथीत गर्न चरुरी रहेको र आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित विशिष्ठ अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव दनुवार जातीको धरोहरको रुपमा रहेको यी सांस्कृतिलाई बँचाए र राख्न क्षिरेश्वरनाथ नगरपालिकाको कर्तव्य रहेको छ । क्षिरेश्वरनाथ नगरपालिका अथवा मंचमा आशिन प्रदेश सरकारको मन्त्री साहलाई आग्रह गर्दै प्रदेश सरकारबाट भएपनि आउनेदिनमा एउटा धर्मशला निमार्ण गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
दनुवार जागरण समितिका केन्द्रिय उपाध्यक्ष विरेन्द्र सिंह दनुवार द्धारा स्वागत गरिएको कार्यक्रममा विशिष्ठ अतिथी दनुवार जागरण केन्द्रिय समिति अध्यक्ष राम कुमार सिंह दनुवार, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरा नन्द ठाकुर दनुवार,वटेश्वर गाउँपालिका उपाध्यक्ष फुलकुमारी सिंह दनुवार, अतिथीहरु नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर अध्यक्ष अनिल चौधरी, क्षिरेश्वरनाथ नगरपालका वडा नम्बर २ का वडाअध्यक्ष देवु यादव, वडा नम्बर ५ का अध्यक्ष जिवछ मण्डल, वडा नम्बर ६ का अध्यक्ष विनोद गुप्ता, सवैला नगरपालिका वडाअध्यक्ष राम नारायण सिंह दनुवार लगायतको उपस्थिती रहेको थियो । पर्वको अवसरमा दुधमती मन्दिर नजिक करिब ५ सय भन्दा बढी खसी चढईएको थियो भने दर्जनौ परेवा चढाइएको दनुवार जागरण समितिका केन्द्रिय उपाध्यक्ष विरेन्द्र सिंह दनुवारले जनकारी दिए ।